Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Wednesday, July 9, 2014

:::::::::::::::{ बिश्वकपको साँइलो दाई }::::::::::::::::::::::::::

उता आमालाई मेलाको चिन्ता छ यता उसलाई खेलाको पिरलो छ आमा खेतमा अभ्यस्त छिन् ऊ खेलमा व्यस्त छ आमालाई मुठी रोपेर मुरी उब्जाउन ध्याउन्न हुन्छ उसलाई आफ्नो समर्थक टोलीको गोल नगरेकोमा भाउन्न हुन्छ आमा डडल्नीको भारीले सुस्केरा हालिरहेछिन् ऊ अरुले बल पक्रिन नसकेकोमा खुईया हालिरहेछ असारमासको चटारोले छुँदैन उसलाई खै कुनै हतारोले छुँदैन उसलाई न काका पटिको न मामा पटिको त्यो बिना साईनोको खेलाडीको नाम जपेर आफ्नै कर्तव्य भुलेको देख्दा ............. गर्नेलाई भन्दा देख्नेलाई लाज भने झैँ भइरहेछ । अब त ऊ नहेरेरै भन्ने भईसक्यो कुन देशले यो बिश्वकप जित्ने हो भनेर किनकी उसलाई भूत लागेको छ अब यो भूत नमन्सिएसम्म उसलाई न कसैले हल्लाउन सक्छ न कसैले बुझाउन सक्छ बुबा सोचिरहेछन् आउने साल ऊ सम्झिरहेछ आउने खेल उसले त यो खेल छुटाउँनै हुन्न किनकी उसले यो खेल हेर्नै पर्छ अन्यथा उसले फेरि अर्को चार वर्ष कुर्नुपर्ने हुन्छ तैपनि म सम्झाउन खोजिरहेछु हेर ! म त भन्छु भतुवालाई पाडो जन्मे के पाडी जन्मे के मिल्ने बिगौती न हो न जर्मनले जितेर तिम्रो खेतमा धान बेसी फल्ने न जापान ले हारेर तल्लो बारीमा पैरो जाने नैतिक समर्थन एउटा कुरा ज्यानै दिनु अर्को कुरा तिमी यसरी पागल हुनु आफ्नो अस्तित्व भूल्नु हो आफ्नो कर्तव्य भुलेर तिमी आफन्तसँगै किन बाजी मार्छौ सम्हाल तिमी आफ्नो गोठ सिंच आफ्नो करेसाबारी बाँध आफ्नो खेतको आँठो बिरौटामा लगाउ बयरका बोटहरु यीनै हुन् तिम्रा भविष्य यीनै हुन तिम्रा यथार्थताहरु :::::: अज्ञात :::::

Wednesday, November 3, 2010

तिहार

तिहारको बेला झिलि र मिलि
बत्ति छन् बलेका
सयपत्री फूल मखमली है
आँगनमा फुलेका
लक्ष्मीलाई खुशी बनाउन
सबैले घर आँगन लिपेका
माटाका प्याला पानसमा
बत्ति तेल थप्दै बालेका
बर्षमा एकबार आउने चाड
तिहार छ रमाइलो
देउसी र भैलो खेलौ है भाइ हो
गराँै है रमाइलो
तिहारको रन्को देउसी र भैलो
खेल्नलाई आका छन्
नौ मति बाजा ट्याम्कॊ र सनै
साथैमा ल्याका छन्
सबैको मनमा हर्ष र उल्लास
सब चिजलाई बिसे्रर
केटा र केटी बुढा र बुढी
नाच्दैछन् उप्रुेर
बास्ना है चल्यो मिठाई र
सेलको मनै छ हरर
तिहार त सधै भइ दिए हुन्थ्यो
लाग्दछ रहर
त्यसपछि आउने भाईको टिका
लगाई दिउँ भनेर
दिदी र बैनी क्या जोडी बनि
आका छन् जमेर
पूजाको थाली फलफूलको डाली
मिठाई छ साथमा
मखमली फूल दुबोको माला
लेका छन् हातमा
निधारै भरि दिदीले टिका
नौरÀी लाई दिए
दाजु र भाईको बढाउन आयु
घरैमा आई दिए
धन्य छन् दिदी धन्य छन् बैनी
छ शुभकामना
दिदीको पनि पुगोस् सब इच्छा
हे मनकामना
दिदी र भाईको जिन्दगी भिर
मिलाप भइरहोस्
नपाउँदा खान यमदुत चाही
छटपटाई रहि रहोस्
कृष्ण बहादुर बिष्ट
हाल नेदरल्याण्ड

Saturday, May 29, 2010

चाकडी

घिउका सिगंमागं मसिना चामल
हाकीमकहाँ चढाउला
चढाको भरमा खरदारको जागीर
कतिदिन अड्यौला
कि बलियो चाहियो फरियाको नाता
कि जेठान मन्त्रीज्यू
होईन भने चान्स नै छैन
नो तिमीलाई इन्टरभ्यू
नगरे त्यसो पाईदैन जागीर
परिवार पाल्नलाई
घरमा भाको खसी नै लान्छौ
चाकडी गर्नलाई
के जाने हो र हाकीम साबको
कलमको भरमा
बिहानैदेखि चाकडी गर्न
आईपुग्छन् घरमा
हाकीम साहेब आसाध्यै कडा
बेसरी बोल्दछन्
मसिना चामल हुस्कीका बोतल
घरमा लड्याछन्
गरीबको घरमा चामल छैन
बालबच्चा भोका छन्
बुढीको चोलो फाटेर गयो
गाउँले हाँस्दछन्
नेपालको कानून पशुपति जानुन्
कहाँ छ अदालत
पैसामा बिक्छन् वकिल सबै
को गर्छ वकालत
ह्युम्यान राईट्स विश्वमा फाईट
पैसामा बिक्या छ
राम्ररी बुझि पत्रकारहरुले
यो लेख्नु पर्या छ

कॄष्ण बहादुर बिष्ट
हालः नेदरल्याण्ड

Thursday, May 13, 2010

राजा महेन्द्रले यमलोकमा आमसभा गदैछन् रे

कृष्णबहादुर विष्ट
इमाडोल-२, ललितपुर

राजा महेन्द्रले यमलोकमा
आम सभा गदैछन् रे ।
नेपालका बरिष्ठ नेतालाई
पनि चिठी लेखेका छन् रे ।
हे नेता हो
आउरे बाउरे धुपौरोलाई
पनि लिएर जाओ रे
यमलोकमा ५००, ५०० भत्ता
छुट्याएका छन् रे
तिमीहरु आफै गएर बाढेर खाओ रे
कम्न्यूष्टलाई पनि लिएर जाओ रे
कांग्रेसलाई पनि लिएर जाओ रे
माले मसाल सबैलाई लिएर जाओ रे
यो कहिल्यै चुनाब नजित्ने
बुढा नेताहरुलाई पनि लैजाओरे
नेता धेरै देश सानो भयो रे
अहिलेको नेपाल भन्दा पहिलेको
नेपाल धेरै फरक थियो रे
गणतन्त्र भन्र्दा प्रजातन्त्र नै ठिक थियो रे
त्यसैले
राजा महेन्द्रको चाहाना आधा
दर्जन नेता लाने रे
कुन प्रबेन्सी यमलोकको लिने हो
आफै गएर छान रे
धर्म कर्मको लागि देवी देवता
लाई पनि लाने रे
पशुपती गुजेश्वरीको भद्मलाई
पनि लाने रे
जनसंख्या कम भयो भने बढाउनको
लागी एक पशुपतीको साढेलाई मात्र छाडी
जाने रे
त्यसैले
प्लास्टीकको कुसर्ी नछोड्ने
हे नेता हो अब त तिमीहरु
यमलोकमा महेन्द्र सरकारले भैसीको
छालामा विराज मान गराउने रे ।
तिमीहरु ढिला नगर छिटो जाओ रे
देशले दिएको पिण्डा र सिधा झगडा
नगरी बाढेर खाओ रे
तिमीहरुको लापरबाहीले कती
नारी बिधुवा भएका छन्
कति बालबच्चा टुहुरा भएका छन् रे
अरुको घरमा आगो लगाउने हे नेता हो ्
अब तिमीहरुको घरमा पनि आगो सल्कादै छ रे
साबधान ! खबरदार !
प्रचण्डलाई द्धारपाले राखेर
स्पष्टीकरण नेतासँग राजा महेन्द्रले लिने भा छन रे
राजा महेन्द्रले यमलोकमा आमसभा गदैछन् रे ।


हाल: नेदरल्याण्ड

Wednesday, October 15, 2008

आमा

लेखकः कृष्ण प्रसाई
सरसमार्ग, अनामनगर काठमाण्डौ-३२ नेपाल


मेरो सबै भन्दा पहिलो कविता मेरी आमा हुन ।
मैले सबै कुरा सिँकेँ
मेरी आमाबाट-
जे सिके
ती सबै कविताहरु थिए ।
तपाइँहरु जो आमा हुनुहुन्छ
अथवा आमा नभएपनि तपाइँहरुकी जो आमा हुनुहुन्छ
अभिवादन छ मेरो कविताको ।
तपाइँहरु सबै मेरो कविता हुनुहुन्छ ।
मेरी आमा जस्तै ।

Saturday, May 31, 2008

शरदीय घाम

लेखकः टंक वनम



पहिलो रजस्वला पछि
कौमार्य छरिए जस्तै
उदाङै भएको
शारदीय घाम
धर्तीमा तरुनी बैँस उमारेर
पराग सेचनका पखेटाहरु
अतृप्त इत्छाको
सून्दर सपनाहरुमा
एक जुवा घाम लम्बिन्छ
सिमलको भूवाले टाÂङ्छ
माया र संम्झनाको डोरी
जून घामको लुकामारीमा
खेल्छ बादलको चक्काचुली
हो
मात्तिएर खुबै हाँस्दा
शारदीय घामको सुकुमारी गाला
चुम्न खोज्छ
निलो आकासको नक्कचरो बैँस ।

मनै त हो
पुतली भएर उड्न थाल्छ फाँटहरुमा
पुग्छ पर ……पर ……।
भौतिक शरीर
मनको कोक्रो न हो
चराचर जगतको
निरन्तरता दिँदै
भष्म हुन्छ एक दिन
तर
शारदीय घामको बैँस
उसरी नैं
अग्ली रहन्छ
जसरी कौमार्यको लाज
अग्लि रहेको हुन्छ उकालै उकालो ।

हाल: बेलायत

Sunday, May 11, 2008

मंत्रीज्यू कसरी भो समानता

लेखकः राकेश कार्की


मंत्रीज्यू
कसरी भो समानता
जब बिचरो सिपाहीले
सधैं बुट बजारेर हजूरलाइ
स्यालोट ठोक्नु पर्छ भने

हजूरको विदेश भ्रमण
किन समान छैन
पसिनाले रुझेर भारी बोक्ने
भरीया दाईको
उकालो ओरालोसंग

हजूरको बोलाई हाइफाइ छ
हजूरको बसाई हाइफाइ छ
डुलाई खवाई हिडाई पियाई
लवाई हँसाई सुताइ रिसाई
सबै सबै हाइफाई छ

समानता नारामा हँुदोरैछ
संविधानको धारामा हँुदोरैछ
समानता भाषणमा हँुदोरैछ
समानता रासनमा किन हुन्न
समानता शासनमा किन हुन्न

Thursday, April 10, 2008

नेताप्रसाद गाउँ फर्के

लेखकः उही कुमार लामा
२२ चैत २०६४

मेरो घरको तल खरीको रुख छ
ठूलाघरे माइलाको सुरक्षार्थ त्यहाँ
मानिस झुण्ड्याएको अझै दुख्छ।
त्यहीँ रुखमुनि एक जादुगर आउँछ
ठूल-ठूलो स्वरले फुटानी लडाउँछ
को रहेछ ऊ? खुल्दुली सल्बलाउँछ
चिन्नै पर्‍यो नि, नकाव खोलिन्छ।
ज्या! ऊ त हाम्रै गाउँको नेत्रे पो!
शहरको नाउँ नेताप्रसाद
अशान्तिले शहरमै रोकिएर
वर्षौंपछि गाउँ फर्किएको।
उहिले पाडोमाथि, अहिले प्राडोमाथि
उहिले सुकुलमा, अहिले सुकला
जादूगरको बिछट्टै कला।
यता गाऊँमा कान्छीमाया बितिन्
नपाएर एक पुरिया जीवनजल
उता शहरमा नेताप्रसादले पिए
कमिशन र सुत्केरीले पिउने झोल।
पेट भरिएन, बेचे पजेरो र पासपोर्ट
अझ भरिएन, आफैँलाई बेचिदिए
आफ्नो चोलै फेरेर बोका बनी
च-माले र देउडा नाच्ने होडमा
बोकाको दाम त करोडै थियो।
जसरी जनतालाई भोक छ
त्यसैगरी नेताप्रसादलाई प्यास छ
मेटाउनलाई स्कचले मात्रै नपुग्ने
पिउनुपर्ने बारका निर्वस्त्र नर्तकीहरू
चपाउँदै हरिणको सीतन्‌
दुर्लभ जन्तु भो त केको टन-टन्?
जनताको लागि जनताकै नाममा
जनताको रगतले, जनताकै दाममा
दिल्ली गएर फेरे कुहिएको मृगौला
भने नेताप्रसादले, लोकतन्त्र बच्यो
त्यसैले लोकतन्त्र— जिन्दावाद!
शहरमा आलिशान महल
गमक्क नेताप्रसादका वरिपरि
घुम्छन् जग्गा र मान्छे दलाल
अघि-पछि छन् गर्नेहरू मानव-हलाल
छिमेकमा पानीको अभावले कोलाहल
प्रदूषण रोग, भोक र शोकले बबाल।
तैपनि खोजी भइरहे छ निकास
ठोकतन्त्र र भोकतन्त्रको भूमरिमा
निकास कहिले कहाँ फेला पर्ने हो
जहाँ देशै छिन-छिनमा बन्द हुन्छ।
नेताप्रसादको क्लिशे सुनिन्छ
के हुन्न यहाँ? सबै थोक हुन्छ
एकपल्ट फेरि जिताएर त हेर!
संघीयता अनि गणतन्त्र
समाजवाद अनि लोकतन्त्र
बन्छ-बन्छ यसपालि नयाँ नेपाल।
नेताप्रसादको आदत त उही हो—
देशी-विदेशी मन्त्र, नोट र भोट पाएपछि
रोग, भोक र शोक होइन
सके विरोधीको उन्मूलन गरिदिने।
(संविधानसभाको निर्वाचनमा स्वच्छ छवी भएका उम्मेद्‌वारहरूलाई मात्र जिताउने आग्रहका साथ साढे २ सय वर्षे शाही दाशताबाट मुक्तिका लागि जीवन गुमाउने सम्पूर्ण वीर शहिद तथा तिनका परिवारहरूमा समर्पित)

Saturday, March 1, 2008

समकालीन कबिता

लेखकः सहदेव पौडेल

अति भयो बन्द हड़ताल अति निस्कियो जुलुश
शिथिल भयौ हामीसबै, खंडित हुने भो मुलूक
लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी
सयौथरी जात धर्मका गोडौ फुलबारी

पाहड़ दुख्दा तराई रुन्छ तराई दुख्दा हिमाल
हामी सबै लड़ी मरे कस्को लागी नेपाल?
लौन अब मलम पट्टी बाधौ गरौ औषधि मुलो
ढिलो भैसक्यो अब त खनौ निकास को कुलों

बाईसे चौबिसे थियौ कुनै बेला जुटेकाछौ बल्ल बल्ल
फेरी यस्तै भैरहे नेपाल हुन्छ खंड खंड
लौन अब हातेमालो गरौ, मुस्कुराऔ, गरौ आशाका कुरा
धेरै बगी सके रगत अब रोकौ हिंशाका छुरा

बन्द स्कुल खोलौ अब , जोडौ भत्केका पुल
पन्छाऔ अब काडे तार फक्रन दिऔ फूल
लौ न अब पानी हालौ मलजल गरौ बालौ बिजुली बत्ती
तंत्र ,बाद र सभा भ्नाडा भन्दै देश को भयो दुर्गति

बाडी चूड़ी खाऔ बरु, मिलीजुली लगाऔ तर बनाऔ नेपाल
हत्या हिन्शा झगडाले हामीलाई जस्तै दुख्छ नेपाल
मुटू छुन्छ नेपाल…. एक दिन रुन्छ नेपाल
यदि म मरेर केही हुन्छ भने तिम्रो लागी म मर्छु नेपाल
तिम्रो लागी म मर्छु नेपाल….

धेरै भो बन्द हड़ताल………

हाल: न्यूयोर्क अमेरिका

Wednesday, February 27, 2008

आमाको चाहना

लेखकः सुरज गिरी "सहयात्री"
सापिङ-३, काभ्रे

म चाहन्छु सबैको मुहार हँसिलो देख्न
सबै सन्ततिहरु हातमा हातमा हात मिलाई
भाईचाराको सम्बन्ध गाँसेको देख्न
तर आज यो के भईरहेछ यहाँ
म अनभिज्ञ छु
बुझेकी छैन खास जड कुरा के हो
केही बोल्ने सहास छैन
बोले पनि केही तार लाग्ने देख्दिन
युगौँ देखि कैयौँ चिच्चाएँ कराएँ
तर मेरो यो दर्दनाक पीडामा तिमीहरु
निर्भिक्न हाँसीरह्यौ
मेरो कोख कस्तो हो म आफैले बुझ्न सकिन
खुशी र दुःखको सिमानामा बाँधिएको मेरो मन
सँधै अमिलो छ आखाँ सँधै धमिला छन्
हातमा जंजीर ठोकिएको
कैदी जस्तै शिर उठाउने कुनै लक्षण देख्दिन
रोग भोक र शोकमा म कति तड्पीरहुँ
पराईका गिद्धे दृष्टिमा आफ्नो अस्तित्व लुटिन खोज्दा
तिमीहरु मलाई झनै उदागों पार्न खोजिरहेछौ
आफ्नै आँखा अगाडी छोराले छोरालाई मार्छ
बुहारी सेतो पहिरन स्वीकार्न बाध्य छिन्
छोरीको अस्मितामा सबैले दागा धर्छन
म यस्तो बज्रपात कसरी सहँु
दुःख भुल्न सकिँदैन रे यो सत्य रहेछ
म सँधै दुःखमा छु
सुख र शान्तिको मुहार हेर्न लालाहित मेरा आँखाहरु
सँधै मृगतृष्णा भएरै बाँचिरहे
म यस्तो परिस्थितीमा कसरी रम्न सक्छु
आमा भएकी नाताले मलाई यो सह्य हुन सकेन
बार्ह बर्षसम्म म सधै हजारौँ लास देखि छट्पटाई रहेँ
छोरीका आँखामा बलिन्द्रधारा आँसु हेरीरहेँ
लामो समयको पर्खाईपछि
बल्ल बल्ल अलिकति शान्तिको सास फेर्न पाएकी थिएँ
आँखा ओभानो हुन्छ अब भन्ने आश थियो
तर फेरी आज कुन वैरीको लहलहैमा
अर्को संग्राम चल्दैछ यो
म त्यसै सशंकित छु
आफुनै खुट्टामा बाचरो हानेर
आफ्नालाइृ नै बैरी ठानेर
तेरो र मेरोको होडमा सँधै उँधोगति भईरहेछ
हाम्रो भन्ने भावना तिमीहरुमा नजागेसम्म
तिमीहरुको यो मुख्र्याईँलाई
म पौरुषत्व मान्दिन
आफूले गरेका गल्तीलाई आत्मआलोचना गरी
सुधार गर्दैनौ भने
मानव भएर मानवतालाई चिन्दैनौ भने
आमाको छातीमा रगतको होली खेलेर
तिमीले के हाँसिल गर्न सकौला र
तिमीहरुको यो फोश्रो फूर्तिको युद्धमा
कसले विजयको झण्डा ओडाउन आउँछ
इतिहासका पानाभरि तिम्रै विजयका गाथाहरु थिए
तर आज यही गल्तीको कारणले
सबै नाम निशाना मेटिदैछ
पराईको नजरमा तिम्री आमाको नाममा दाग लागेको छ
पराईको घृणामा बाँच्नु धेरै कठिन छ
त्यही भएर बिन्ति छ तिमीहरुले अब सुन्नैपर्छ मेरो आग्रह
म निश्चिन्त छु तिमीहरु प्रति
आमा न हुँ सँधै सन्तति प्रति आशा लागिरहन्छ
अझै सुधि्रन्छौ कि भन्ने
काँधमा काँध मिलाएर हातेमालो गरेको हेर्ने
मेरो असिम इच्छा छ
अब म केही भन्न सक्दिन
यत्रो विलाप गर्दा पनि तिमीहरु सुन्दैनौ भने
सोच अझै समय छ
हरेक असल कामहरुले खराब कामहरुलाई मेटाउँछ
समयमै सोचेर काम गरे अझै ढिलो भईसकेको छैन
यो मूल्यवान समयलाई खेर जान नदेउ
जब तिमीहरु सबैको मुहार हसिँलो देख्नेछु
त्यही नै मेरो विजय हुनेछ
मेरो कोखलाई म धन्य ठान्नेछु ।

Wednesday, January 16, 2008

सम्झना

एक देशबाट अर्को देशमा बिभिन्न कामको शिलशीलामा बिदेशीनु रहर नभएर बाध्यता पनि हो भन्दा अतियुक्ति नहोला । मैले नेपाल छँदा यो कविता पढ्न पाएको थिईन तर यहाँ आए पछि यो कविता पढ्ने मौका मिल्यो । अगमसिंह गिरीले नेपाली साहित्यिक फाँटमा धेरै नै योगदान गर्नुभएको छ । उहाँले यस कवितामा आफ्नो देशभित्र भएका सम्पूर्ण कुराहरुलाई छर्लगं समेटेर लेखिदिनुभएको छ । एकपटक यो कविता पढेर नेपालको यात्रा गर्ने हो पो हो कि ।



लेखक: -अगमसिंह गिरी

पर्देशी दिलमा पहाड वनको जाग्यो उही सम्झना,
धाराको रसिलो प्रशन्त जलको लाग्यो यहाँ तिर्सना ।
देखेथे सपना पहाड घरको जाग्यो नयाँ कल्पना
हावाका लहरी ! उडाइ लगिदे ! आसु भरी बन्दना

खोला पर्वतको बहन्छ सुरमा नाच्दै र खेल्दै उहाँ
जोडा नेहुलका प्रफुल्ल धुनमा गाइरहेछन कहाँ ।
मेरो यो कलिलो विदीर्ण मुटुमा बोली मिठो भासियो,
टाढा छु तर यो छ चित्त घरमा माया उहीं गाँसियो ।

नौलो यौवन झैं पहाड वनमा एेंसेलु पाके हुनन् ,
को हो ?' कोयलले बसन्त वनमा सोधी रहको हुनन् ।
बाहौं मास उहाँ गुराँस फुलेझैं शोभा छ प्रक्र्तिको,
हावाले दिलका पराग-वनमा छर्ला उहाँ प्रितीको

गोठालो वनमा फुकेर मुरली नाचेर गम्काउँछ ।
बैंसालु दिलमा विमुग्ध धुनमा हाँसेर रन्काउँछ ।
मंसिर 'रसिया' बिभिन्न लयमा गाएर सम्झाउँछ,
पर्देशी दिल यी पहाड वनमा तानेर फर्काउँछ

गाला यौवनको मुहार भरिलो आँखा छ सम्झाउने,
हुर्केको मनको छ जिउ छरितो छाती छ अल्झाउने ।
बिर्सेंथें वनमा गुराँस सिउरी हाँसी दिएकी ठिटी,
चोखा यौवनको उहाँ प्रणयको आफ्नै छ प्यारो रिती

देख्दा उत्तरको सफा हिमचुली आँखा अगाडी जसै,
ब्यँझी उठ्छ अहो ! सुदुर वनको क्रिडा बितेका सबै ।
सानी त्यो वनमा उमंग मनमा बोकेर हिंड्थी उहाँ ,
कान्छाको मनको म लेखुँ कसरी मायालु प्रिती यहाँ ।

आए चाड तिहार गाउँ घरमा पाखा उजेली नयाँ ,
गाए बादलमा पहाड वनका भाखा मिलाई उहाँ,
तत्रेरी तरुणीं सजे मखमली माला लगाइकन
सेता पर्वतका पवित्र हिम झै माया फिजाइकन ।

बाले दीपक चाडको झिलिमिली आनन्द हाँसो छरी,
चम्के पवर्त गाउँ जगल सबै नौलाख तारासरी ।
नौला जोवनका उतप्त मनमा उन्माद लौ भर्दियो,
लाखौं यौवनमा सफा प्रणयको आभास लौ छर्दियो ।

जेठा तमाङको बिचित्रपनको वर्णान कसोरी गरुँ ,
च्यङ्बाको हँसिलो चरित्र रसिलो सक्थें कहाँ बिर्सनु ।
नाच्छन मंसिर धान नाच दरिला माया फिंजाइकन ,
कोदाका रसमा ब्यथालु मुटुको झिंजो डुबाईकन ।

छाप्रो त्यो खरिको छ गाउँ घरको प्यारो मलाई अति,
नेपाली मनमा उदार ममता न्यानो मलाई अति ।
च्चब्रुङ मादल डम्फु गीतहरु रन्की रहुन् नौमती,
नेप्टी, हर्कु, मती, रने र भाईचा छैनन बिराना रती ।

पर्देशी परको भनेर घरले बिसिसकेको भए,
भातत्व पतिको बिशाल ममता त्यगिदिएको भए ।
पर्देशी दिलमा छ पिर गहिरो खोलेर सम्झाउँला,
नेपाली मुटुमा छ चिह्र घरको फोरेर देखाउँला ।

साभारः साझा कविता २०४९

Tuesday, December 18, 2007

आकाँक्षा

लेखक: -माकुम राइ

यता उता छरपष्ट पल्टेका कागजहरु
नयाँ या पुराना कागजहरु
सारा सँगाली राखिदेउ
सबै समेटी राखिदेउ
ती कद खुलेका तस्विरहरु
ति रक्तिम रिवनहरु
सबै मेरो लागी राखिदेउ
जुन सच्चा प्रेमको कसी
आत्म विश्वाशको दशि
अनि खुल्ला दिलाशाका प्रमाणहरु हुन्
मनब मन्दिरका फुलहरु हुन्
जति छन् त्यो सबै मेरो चिहनमा पुग्नु पर्छ
मुर्दा सँगै यत्र तत्र क्षत बिक्षत हुनु पर्छ

ती जुनले धोएको रातहरु
मिठा मिठा बातहरु
मेरो मानश पटल बाट ठाढा भएको छैन
केबल आँखामा पतलो पर्दा
क्षणहरु सँगै धड्कनहरु सँगै
बितिरहेछ बितिरहेछ
तथापी प्रतिक्षामा म मरिरहेछु
बिवश्तामा म जलिरहेछु
हो त्यही हिस्सा मैले पाउनुपर्छ
लाश सँगै बिभत्श हुनु पर्छ
क्रुपया बटुलेर राखि देउ
सँगालेर राखि देउ
जति जे छन् ति कागजहरु
ति पाना पन्नाहरु
मेरा म्रित्युका महँगा खदाहरु हुन्
कपुर,तुलशि अनि कात्रोहरु हुन
खोटाङ

Tuesday, December 4, 2007

ए! नारि हो !!?

लेखक: -अर्पण तामाङ
हासपोसा-२, तरहरा, सुनसरी

छताछुल्ल भएर पोखिएको
तिम्रो जवानि सम्हाल!
एउटा पछेउरिको सानु कुनामा।
ढल-पल,ढल-पल गर्दै!
कर्कलाको पानिको थोपा जस्तै
सम्हाल तिमृ यौबन।
एउटा भोको पुरुसको आगाडि
आगोको तातो रापामा!
नौनि घिउ जस्तै!पग्लदै लाचार बनेर!!
पग्लिदै स्वदिस्ट नबनाउ
तिम्रो यौनाङ्ग लाइ।
तर्कारिको चखिलो नुन जस्तै!
सिम-सिमे पानिमा उदाउने
क्ष्यणिक सप्तरङ्गि इन्द्रेणि जस्तै
नौ रङ्गि तिम्रो यौबन।
एकैछिनमा उर्लेको भदौरेको खहरे जस्तै!
उर्लेको तिम्रो जवानि!
सानो मनको बाद फुटेर टुटिजाला
तिम्रो जवानि।
ढाक छोप र सम्हाल !
एदि तिमि नारि हौ भने!?
त्यसैले भन्छु!ए!! नारिहो!!!?
लज होटल र रेस्टुरेन्ट हरुमा
नगरबधुको साइनो जोडेर
बिना दुलाहाको दुलहि बनेर
पैसाइ पैसाको सुहागरात मनाउदै
हजारौ प्यासि पुरुस हरुको !
न्यानो ओछ्यान र रछयान नब तिमि।
हर रातको मोल सङ्गै!
मोलिएको तिम्रो यौबन!
बिभिन्न आसनको हनिमुन मा!
निर्बस्त्र नाङ्गिए पछि!
दस औलाले लाजको गुप्ताङ्गलाइ
छोप्ने कोसिस नगर।
बियर र रमको चुस्कि सङ्गै
मधुर मलिन ओज्यालो को पर्दा भित्र
मदहोस तिम्रा ओठ र बदन हरु!
हरेक पाट पुर्जा हरुको चटनि नचखाउ।
जवानि सस्तो छैन।
जुनदिन तिम्रो तन्द्रा टुटेपछि!
सपनाको निद खुलेर!
छागा बाट खसेको अनुभब गर्छौ
त्यतिखेर अग्लो धरतालमा उभिन खोज्छौ
तर ब्यर्थ!हुनेछ।
ब्यर्थ हिलोको कमल जस्तै!
हिनता बिध मानेर
सु-बास्ना बिनाको
पलासको फुल सरि
सिसिरले पत्झडिएको!
नाङ्गो बुढो रुख सरि!
उदाएको घामको झुल्को सङ्गै
अस्ताइ सकेको हुनेछौ।
त्यसैले भन्छु ए!नारिहो!!?
ढाक! छोप र सम्हाल!!
एदि तिइमि नारि हौ भने!?
दुइ मिटर कपडा काफिछ
सम्हाल तिम्रो!
छता-छुल्ल भएको जवानि!
एउटा पछेउराको सानो कुनामा।।।
हाल दोहा कतार

Friday, November 23, 2007

-गणतन्त्र ! जिन्दाबाद !!

लेखक: -अर्पण तामाङ
हासपोसा-२, तरहरा, सुनसरी

२३७ बर्से सामन्ति बाद
अनि सान्यबाद र समाज बाद
४६ साल पछिको !
नाता बाद र कृपा बाद
बादै-बादमा सधै पिल्सि रहन्छ
नेपालि जनता!
जिन्दाबाद! र मुर्दाबाद!!
निलो आकाशको धर्ति माथि
उन्मुक्त पन्क्षि जस्तै
सार्भभौम भएर बाचन चाहन्छ उनिहरु
त्यसैले!
सामन्ति हरुको बुट मुनि
कालो असिक्षाको सङ्घार भित्र
तै पनि कुर्लि रहन्छ
गणतन्त्र! जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
कहिले जल्जला पहाडलाइ फोरेर त
कहिले धनकुटे छिन्ताङ लाइ लिएर
अनि कहिले देउमाइको किनार लाइ च्यापेर त
कहिले सुखनि को जङ्गल रङ्ग्याउछ इतिहास
मरि सकेको गोमन जाग्छ र डस्न खोज्छ
अनि बल्झिन्छ १७,२४ र ३६ को इतिहास
तैपनि मर्दैन सामन्ति गोमन र करेट हरु
अनि फेरि बल्झिन्छ चैत्र ४६र६२अनि६३ को इतिहास
त्यसैले बार बार कुर्लि रहन्छ
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
जनताहो!लोकतन्त्र को नारा दिएर
पुराना बोतलका पुरानै रक्सि हरुले
नारायणहिटिर सिङ्ह दर्बारका नाइके हरुले
अनि रणमैदानका नया रोनाल्डो हरुले
बेचि देलान बिजय उत्सबको शिल्ड सङ्गै
अनि किनिदेलान बिस्व हाक्न खोज्ने
बुश र मोरियर्टि हरुले
त्यसैले होसियार बस र भनिदेउ
मानब सभ्यताको ढ्वाङ रचेर
शान्ति को नाम मा अशान्ति मच्च्याउन
नलेउ नेपाल आमा को छति माथि
तिम्रा ति डलर का हरिया बर्दि र काला बुट हरु
अनि भनि देउ सर्बहारा जनता हो!
क्युबा र पेरु सम्म पुग्ने गरि
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
इतिहासका काला काल खन्ड हरुमा
जन्मि रहने असुर हरु
हिटलर देखि बुश सम्म

जङ्ग बहादुर देखि सद्दाम हुसेन सम्म
भाइ चारा लाइ भुलिदिने
ओल्मर्ट देखि हज्बुल्ला नसरुल्लाह सम्म
इतिहास रच्ने दाउमा
ओसामाबिन लादेन देखि मुसरफ सम्म
अनि जिग्मे-सिग्मेवाङ्चुक देखि ग्यानेन्द्र सम्म
यि सबै असुर हरुको माझ मा
लाखौ सपुत हरुको रगत बगाउदै
फेरि पनि उरालि रहेछ गणतन्त्र को नारा
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद
सर्बहाराको नामा दिएर
कार्लमास देखि इस्टालिन लेलिन सम्म
च्वेकेभारा देखि माओ सम्म
फिडेल क्यास्ट्रो देखि प्रचन्ड सम्म
अनि परिबर्तन को बिगुल फुक्ने
साहसि नारि !
च्याङ्चिङ तावाचिन र जेनिबोन बेस्ट फालिन सम्म
भोका पेट र मजदुर हरुको आवाज लिएर
घरि घरि झुल्कि रहेछ रातो घाम
लोकतन्त्र हैन!गणतन्त्र को नारा दिएर
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
हिरा मोति र सुन चादि जडित
चौरि को पुच्छर सामन्ति मुकुट फेरि पनि
आइ लाग्न सक्छ!
दरबारका भरौटे हरुको इशारामा
अर्को फेरि इतिहास बल्झिन सक्छ
प्राडो पजेरो र सुरा हरु को
कृस्ण-कलि हरु ले
महाकालि र टनकपुर लाइ घात गर्ने हरुले
रास्ट्रधक्षको नाममा आफ्नै हनुहारको
टक्सार निकाल्न खोज्ने हरुले
६२ र ६३ को १९ दिने इतिहास लाइ
साम्म्रज्यबाद र बिस्तारबाद का पोल्टामा हल्नसक्छ
त्यसैले!
दुलहि बनेर भितृएकि शान्ति लाइ
मधिसे र पहाडे भनेर
उचो निचो जात धर्म र लिङ्ग भनेर
भो फेरि रणभुमि नबनाउ जन्म- भुमि लाइ
फेरि अर्को कख रित्तो पार्नु छैन हामिलाइ
आउ हाते मालो गरौ हामि
नया नेपालको निर्माणमा जुटौ हामि
अबत जङ्गलि हरु हाम्रा नाम लिएर
छिरेका छन सिँह दरबारका कुर्सि भित्र
परिक्षा लिनुछ अब उसको पनि
जुझारु पाखुरि हरु लिएर
एकताको आवाज घनकाउ हामि
कसेर मुट्ठिमा मुट्ठि भित्र
त्यसैले फेरि उनि हरु सङ्गै
हामि पनि एक पल्ट लोकतन्त्र हैन
गणतन्त्र को आवाज गरौ!
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!

हाल दोहा कतार

Wednesday, November 21, 2007

तिमी लाइ एउटा प्रश्‍न ?

लेखक: -अर्पण तामाङ
हासपोसा-२, तरहरा, सुनसरी

तिमी लाइ एउटा प्रश्‍न ?
पुरातन,र दासता भन्‍दा माथी
रामयण र स्‍वस्‍तानीको
कथा भन्‍दा माथी !
सभ्‍यताको शिखर किन चड्‍न सक्‍दैनौ ?
के तिमी सस्‍कार धान्‍ने
दन्‍त्‍य कथाको पात्र हौ ?
मत भन्‍छु ए! नारी !!तिमी !!!
नारी पुरुष दास्‍ताको प्रतिक होइन
नारी चुलो र चौकाको मात्र गहना होइन
नारी लोग्‍ने मान्‍छेको जिउनुको बहना होइन
नारी सन्‍तान प्रशोधनको मेशीन होइन
नारी बुहारी हुनुको अर्थ शिर झुकाउनु होइन
नारी स्‍वस्‍नी हुनुको अर्थ गोडा मोल्‍नु होइन
नारी छोरी हुनुको अर्थ चार दिवारमा रहनु होइन
नारी सभ्‍यताको नाममा नाँगिनु होइन
नारी उद्दयोगपतिको बिज्ञापनको ब्‍यापार होइन
अनी नारी !सौन्‍दर्यको नाममा !!
क्रिम गाजल पौडर र लिपस्‍टीक होइन
त्‍यसैले ए! नारीहो !!
कंक्रिट र फलामे जन्‍जिर लाइ तोडेर
कथीत पुरुष आज्ञा पालनको
अहंमकारी दास्‍वत्‍व र बर्ग मुक्तीको
पर्खाल लाइ फोडेर !
बर्गिय दुस्‍मनको जालो लाइ फाट्‍न
च्‍याङ्‍चिङ तावाचिन र जेनी बोनबोस्‍टफालीन हुन सिक
नारी हुनुको आत्‍मा ग्‍लानि लाइ
आफु भित्र बाट झिकेर फ्‍याँक !
द्वापर युगको गोपिनि र महाभारतको द्रौपदी होइन
ग्रह पदयात्राको युरीगागरीन हुन सिक !
पुरुष दास्‍वत्‍वको परिक्षा दिन
अग्‍नि ज्‍वालामा दन्‍किने सिता होइन
पासाङ ल्‍हामु जुनकोताइवे र तसलिमा नसरिन हुन सिक!
त्‍यसैले !!तिमीलाइ अझै एउटा प्रश्‍न ?
प्रश्‍न भित्रको तिमी र तिमि भित्रको प्रश्‍न
आफै खोज र उत्तर देउ । ए !नारी !!!

Sunday, October 14, 2007

खबरदार !!!

लेखकः सुरज गिरी "सहयात्री"
सापिङ-३, काभ्रे

ए नेताहरु हो
कति हाल्छौ जनताको आँखामा छारो
कति सोस्छौ गरीबको पसिना
खै तिमीहरुमा मानवीयताको अर्थ
बिस्र्यौ तिमीहरुले जनताको रगतको मूल्य
के यही हो तिमीहरुको जिम्मेवारी
सँधै पाँचतारे होटलमा भेला हुनु
दिनहुँ महँगा रक्सीको चुस्कीमा डुबेर
आफूले बोलेका कुरा आफैलाई पत्यार नलाग्ने गरि
सारा देशलाई झनै पछाडि धकेल्नु
धिक्कार छ तिमीहरुलाई
न त तिमीहरु कहिले अगाडी जान जान्यौ
न त अगाडी बढ्न खोज्नेलाई धकेल्न जान्यौ
यत्रो महासागर उर्लियो-
कति वीर योद्धाहरुले ज्यानको लोभ गरेनन्
परिवारको सुख सुविधाको भोग सम्झेनन्
आमा भूले, बुबा बिर्सें, श्रीमती बिधवा बनाए
छोराछोरीको भविष्य डढाए
अन्तत सम्पूर्ण गयो
उनीहरु सच्चा मनले लढेका थिए
त्यही भएरै देश पूर्ण रुपमा लोकतन्त्रमय भयो
त्यसैले त आज सबको मुहारमा जुन उदाएको छ
खुशीको बहार छाएको छ
तिमीहरुले गरेका गल्तीहरु पनि सुधार्ने मौका आएको छ
ए ! बिहान भयो...
जाग !
उठ !
खोल दैलो र अरुलाई पनि जगाउ
देश डुब्न लागिसक्यो
यस्तो बेलामा शत्रुले दाउ छोप्न सक्छन्
आँखा आँखा जुधाएर पेटमा छुरा रोप्न सक्छन्
कुरामा मात्र होईन काममा विश्वास गर
सम्बन्ध बढाउ भाईचाराको
नाम मात्रको शान्ति होईन साँच्चै शान्ति चाहिएको छ
सम्पूर्ण नेपालीहरुलाई एउटै माला बनाऊ
रोक हत्या, िहंसा र आतकं
समस्याको जरो पक्रेर समाधानको बाटो खोज
आफ्नो परिवार र नातेदारको मात्र नेता होईनौ तिमी
सबका दुःखमा साथ देउ
हामी सबै नेपाली हाँै र नेपाल हाम्रो हो भन्ने बुझाउ
आफ्नो स्वतन्त्रता र स्वाधिनताको लािग
देशलाई विश्वस्तरमा चिनाउनको लािग
जनता सब जागरुक गराऊ
यति काम पनि तिमीहरुले गर्न सकेनौ भने
देशलाई केही गर्छु भनेर छातीमा हात राख्न सकेनौ भने
फेरी देशमा निरंकुशताले जरो गाड्यो भने
म चिच्याएर भन्दैछु
खबरदार !!!
नेता भनाउँदाहरु हो
अब पनि गल्ती दोहोरियो भने
तिमीहरुले माफी पाउने छैनौ
कदापि पाउने छैनौ

हाल ः नेदरल्याण्ड

Thursday, October 11, 2007

विप्ल्याँटो

लेखक: -गोपालप्रसाद पौडेल

जुन रोहेको
ताराहरु हाँसेका
तैपनि फेरि उज्यालो लिएर
जुन चियाउँछे
घाम रिसाउँछ
झोक्केर तताउँदै
डाँडापारि गएर निदाउँछ
बाँसको झ्यांगमा
चिच्याइरहेका सारुङ्टेका बथान
घर फर्कन लागेका कागका बथान
निसास्सिएर अस्तब्यस्त झैँ लाग्छन्
आँखाबाट भेल छुटेका
सेतै पहिरनमा अर्ध अनुहार
कालो बादलभित्र हराइरहेकी मैना चरि ऊ
बिग्रेका आफ्नै कपालभित्र घाम नियाल्छे
कतै फर्केर आऊछ कि भन्ने आशमा
अपुरो सपना पालेर
फालिएका राता चुराहरु बटुलिने आशा जिउँदै झैँ लाग्छ
काला कौवाहरु घुमेका
छिमेकि गिद्धहरुबाट घेरिएकी
सुरक्षित छे ऊ
कुनै परेवाहरु ऊ सम्म आइपुग्न सक्दैनन्
मलिन
कमजोर
थकित
कुनै हनुमानरुपि जादु नै आएमात्र
तर अहँ
उसको उद्धार सम्भव छैन किनकि -
किनकि यहाँ गिद्धहरुका राज छ
काला कौवाहरुका बस्ती छ
केवल ठुंग्न जानेका छन्
केवल टोक्न जानेका छन्
केवल लुछ्न जानेका छन्
जहाँ जुन रोएर उदाउँछ
घाम रिसाएर अस्ताउँछ
ताराहरु खित्का छोडि गिजाउँछन्

हाल: साल्ट लेक सिटी, युटाहा, अमेरिका

Saturday, September 22, 2007

अतितका कथा "कबिता"

अतितका क्षणभङुर रसमा चुर्लुम्मै डुबेको यो मन
सम्झदा मन रुन्छ, धर्धरी के गर्नु कमाइ मात्र धन
हरिया फाट र गमक्क पखेरा आकाश चुमी हेर्द्थे
दोसल्ला बनी बादल तीनलाई न्यानो बनाइ घेर्दथे

ल हेर चादीका शरीर भनी छाती फुलाई भन्द्थे
टलक्क परेका वालुवा पहिरा आँफैमा यसरी रम्दथे
फेदिमा कलकल पानी मुहान, कुला र धारा थिय,
सयौ जीवन बाडेका यिनले सबैलाई सन्तुस्टी दिय

काधमा उभियका ती रुखहरु हरिया फाट नियाल्दथे
माइला बाजे नजिकै कन्लामा पसिना पौरख बाड्दथे
अनौठो मित्रता तीन बिच आस्रय आपसको बाड्दथे
भ्याकुर, गुन्दुरगानु र तरुल गहना लहरा सिङार्थे

सम्झदै झलझली मनमा ती द्रिश्य म भित्रै खिच्दैछु
मानौ गोधुली गौडा ढाकेका हरिया बुट्यान सिच्दैछु
परेवा उडेका गगनमा शन्तिका सपना म देख्दैछु
कलमले न सही तर मनमा अतितका कथा लेख्दैछु

लेखक: -गोपालप्रसाद पौडेल
हाल: साल्ट लेक सिटी, युटाहा, अमेरिका

Friday, July 6, 2007

वैशाख मलाई नयाँ घाम देऊ !

म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले
मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा
सधैँ दुर्गतिको सिमसार पल्टिएकोले
न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा
वैशाख मलाई नयाँ घाम देऊ ।

किनकिन मेरो बिहानीमा हिजोआज बासी घाम बसाउँछ
दिनहरू त्यति उत्सविलो लाग्दै लाग्दैनन्
प्रत्येक प्रभातले बाँच्नलाई उक्साओस् न !
जिन्दगीका गुजुल्टिएका अहम् प्रश्नका जवाफ देओस् न !
समयको अन्त्यहीन डोरीमा खुशीका पयोहरू जोड्न मन जागोस् न !
हरेक सखारले नवीनताको आभास गराओस् न !
पलप्रतिपल जोखिममा बाँच्नु त छदैँछ
मलाई कुनै बिहानी तुहाउने घाम चाहिएन अब
वैशाख मलाई नयाँ घाम देऊ ।

वैशाख मलाई नयाँ घाम देऊ
मेरा मान्छेजस्तै मान्छे अटाउन सक्ने गाम देऊ
सधैँ बसौँबसौँ लागिरहने ठाम र धाम देऊ
वैशाख मलाई सबैभन्दा राम्रो घाम देऊ ।

किन नयाँ घाम चाहियो सोध्दै नसोध
अब आउने नयाँ घामले
मेरा वरिपरि घुमिरहेको उकुसमुकुसको सर्दी र बाथले
थलिएको लामो यात्रा,
जमेर बसेको जीवनगतिलाई
पुनर्जीवन पाउने लालसाले मैले भित्रैदेखि नयाँ घाम मागेको हुँ
वैशाख ! तिमी त सहस्र घामका दाता हौ
मैले त फगत एउटा रा........तो......घाम न मागेको हुँ
सक्छौ दिन ?
वैशाख मलाई नयाँ घाम चाहियो नयाँ घाम !

लेखक: -साम्ब ढकाल
साभार: रचना वेब पत्रिका

Thursday, June 7, 2007

आधुनिक प्रेम

जनम जनम सँग सँगै बाँच्न
चाहिन्छ मुना-मदनको जस्तो माया
रोए आँशु पुछ्न हाँसे स्वर मिलाई हाँस्न
दुःख सुख जे परेपनि साथ दिने बाचा
पे्रम त धन सम्पति किन्न कहाँ पाईन्छ र
यो हिमाल जस्तो निस्वार्थ अटल चोखो छ
दर्शनशास्त्रीले झै तिमी भन्थ्यौ म सुन्थे मात्र
तर सत्य अर्कै रहेछ तिमी त मात्र एक शास्त्र
सँगै छँदा तिमी पे्रमको आशा दिलाउन खोज्छौ
अरुबेला रेष्टुरा र डिस्को धाउने गर्छौ
बटुवा पनि तिमी धूम्र-मद्यपानमा लठ्ठ छौ भन्छन्
त्यसैले तिम्रो मायाको परिभाषा त कथा भएछन्
पैसा जति मेक-अपका सामानमा सक्न थालीछौ
तैपनि "इटालिएन भिला"को तस्बीर राखीछौ
यो कस्तो अचम्मको परिवर्तन भएछ तिमीमा
माया होईन बाँच्न खोज्छौ बिलासिताको सपनीमा
तिम्रो यस्तो आधुनिकता देख्दा म थाकि सकेछु
जसले गर्दा प्यार शब्दै नसुन्नेमा पुगेछु
त्यसैले कृपया प्रेमको नाटकमा नआउ मेरो छेउ
तिम्रो यो अनौठो माया अरु कसैलाई देऊ ।

लेखक: -काभ्रेली