एउटा गीत लेखेर तिमीलाई सुनाउने मन छ
हाम्रो संसार देखेर तिमीलाई भुलाउने मन छ
जे हुन्छ सम्झौतामै हुन्छ, रिसाए फकाउँला
प्रेमले अब सेकेर तिमीलाई फूलाउने मन छ
एउटा गीत लेखेर तिमीलाई सुनाउने मन छ
हाम्रो संसार देखेर तिमीलाई भुलाउने मन छ
जे हुन्छ सम्झौतामै हुन्छ, रिसाए फकाउँला
प्रेमले अब सेकेर तिमीलाई फूलाउने मन छ
सूर्यराज गिरी
——-——: मुक्तक :—————
उनैलाई सम्झिएर पहाड जस्तो छाती पनि दुख्छ आजभोलि
मौन रुन्छु भित्र भित्रै, परेलीमा मोतीदाना लुक्छ आजभोलि
भो भैगो, नकल्पीउँ भन्छु याद बोकी निष्ठूरीका अतितका पल
अभागी अधर सधैंजसो उसैको नाम लिन पुग्छ आजभोलि
बनावटी मुस्कानलाई खासै ध्यान दिन्न म त
उनी चोर हुन उनको पक्षमा बयान दिन्न म त
छलेर मेरो हृदय अरुलाई नै दिन्छिन भने उनी
उनको लागि कहिल्यै पनि ज्यान दिन्न म त !
खोसेर लगिदियौ भएको खुशी एक थान पनि
थाहा थिएन कि गरिबको नि हुन्छ सम्मान भनि
रुख चढायौ र ढाल्यौ फेद आखिरमा आफैले
फेरी उल्टै मलाइ नै गाली गर्यौ रे तथानाम अनि
खै कता कुनामा बसेकी छौ, झस्काउछौ घरिघरी