Thursday, October 31, 2013

मुक्तक


दु:खको भुमरीमा परिन्छ सुख रोज्दारोज्दै
समस्यै मात्र पर्छन समाधान खोज्दाखोज्दै
आजै सकिने पो हो कि जीवन दोबाटोमा 
भोलिको सुनौलो भविष्य सोच्दासोच्दै !

धेरै पछि देखें तिमीलाई तर पनि उस्तै तिमी
जस्तो छोडेथेँ जवानीमा लाग्यौ दुरुस्तै तिमी
घोरिएँ, टोलाएँ देखेर तिम्रो तस्बिर एकान्तमा 
माया लाग्दी लाग्यो पहिले जस्तै तन्दरुस्तै तिमी

कल्प जो थियो पुरा गरेर देखाऊ तिमी 
मनको गाग्री मायाले भरेर देखाऊ तिमी 
भन्छौ चाहन्छु मलाई अनि तर्किन्छौ सँधै
सक्छौ भने मेरो हृदयमा सरेर देखाऊ तिमी


सेतै हिमाल हाँसे जस्तो हास्ने गर्थी सानी
घाँस दाउरा देउरालीमा सँगै झर्थी सानी
स्वच्छन्द पहाड जस्तै निर्मल माया लाउँदै
अलि अलि ठुस्किएर मेरै साथ सर्थी सानी


Surya Raj Giri
Himalayan Kitchen Amsterdam

2 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

nepal halkhabatr said...

nice poem