Thursday, September 24, 2009

बिजया दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना ।

Saturday, May 30, 2009

हुन्छ की हुँदैन

लेखकः राकेश कार्की

नचिनेको मान्छेलाई हेर्न हुन्छ की हुँदैन
मनमा जागेको धोको फेर्न हुन्छ की हुँदैन

चुल्बुलाउँदै गुन्गुनाउँदै कति रमाईलो
तिम्रो मुस्कान मुटुमा बेर्न हुन्छ की हुँदैन

त्यसै त्यसै खुशीको मुल फुटे झैँ लाग्छ
त्यै खुशीको प्रवाहले घेर्न हुन्छ की हुँदैन

मनभरी फूलैफूल वास्नामा मग्न भएँ
मनमा तिम्रो नाम केर्न हुन्छ की हुँदैन ।।

Monday, April 27, 2009

आमाको यादमा

दिलिप बन "जङली" 
सपनिमा सधैं देख्छु आमा तिमीलाई
कहाँ पो बस्न सकेको छु र नि रमाई
चाहेर नि तिमीलाई भेटन नसक्ने भई
बिदेशिएको छुनी भइकन पराई
।।।।।।।।।।।।।।।।

घासका ति भारी भित्र दिन चर्या खोतल्दै
गाई भैंसी मेला पात घरधन्दा मिलाआउँदै
कती सम्झी रहुली परदेशका छोरा छोरी
धन्य छौ हे मेरी आमा लुकाउदै पिढा फेरी
।।।।।।।।।।।।।।।

पैसा भन्दा ठुलो जन्माउने जननी तिमी
कयौ दु:ख झेलेर सन्तान हुर्कौने ममताकी खानि
बुढेस्काल्मा शाहरा बन्ने कसम खाए नि
वाध्य भई टाडिए परिस्थिती सम्झी
।।।।।।।।।।।।।।।

तन यता भये नि मन घरी घरी तिम्रै वरिपरी
थेग्न सकिन समाजको परम्परा ,भए म पनि सात समुन्द्र पारी
साथी भाई रमाइलो राश रमिता राखिकन थाती
बिदेसिए सोच्दै ति सबै अतित हुन भनी
।।।।।।।।।।।।।

भोलिको आश छैन आज चली रा छ
खै के होला यस्तै तरङमा जिन्दगी बगी रा छ
टिक टिक समय को ताल सँगै अहोरात्र गनी
पक्कै एक दिन त्यो सुनौलो बिहानि आउछ भनी
।।।।।।।।।।

खै उपहार पो के दिन सक्छु , ति अशन्खय ऋन तिर्न भनी
यही दुई शब्द कोरे तिम्रो यादमा आमाको मुख हेर्ने दिन सम्झी


अष्ट्रेलिया

Saturday, November 29, 2008

केही चोटले ज्ञानी हुन्छ

लेखिका: निर्मला थापा


केही चोटले ज्ञानी हुन्छ धेरै चोट बानी हुन्छ
दु:खपर्दा झर्ने आशु धेरै रुँदा पानी हुन्छ

जसले पनि बाँच्ने जीवन एकनासको हुन्न भन्छन्
खाली पाना जस्तो जीवन धेरै लेख्दा काहनी हुन्छ

डराउन हुन्न भन्छन् अरुलाई सहयोग गर्न
विपत्तिमा दिने वचन ममताको खानी हुन्छ

फसाएर अरुलाई आफूले फाइदा लिनु हुन्न
अरुलाई ठग्न खोज्दा आफैलाई हानी हुन्छ

सधैँ सुखी हुन्न जीवन हरेस कहिल्यै खानु हुन्न
दु.ख पनि बाड्ने गर्दा सबैमाझ दानी हुन्छ

Tuesday, November 25, 2008

रंगिचंगी चुरापोते उस्तै सारी अनी चोली

लेखकः भागवत भण्डारी




रंगिचंगी चुरापोते उस्तै सारी अनी चोली
सजिएर बेहुली भै लजाउदै चढ्यौ डोली

भेटघाट गफगाफ इतिहासै हुने भयो
मुस्कलै पो पर्ने भयो सुन्न अब तिम्रो बोली

रंगिएको सिउँदो त्यो पराइको हात बाट
सम्झी मुटु भक्कनियो तिमी संगै खेल्या होली

प्रेम भिक्षा मागेकोथे दासत्व नै स्विकारेर
जीवन नै सुम्प्योउ अन्तै रित्तै पार्योउ मेरो झोली

हृदयको मन्दिरमा तिम्रै मुर्ती सजाकोछु
भत्काएर लगे हुन्छ हानी त्यहाँ एक गोली