Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Monday, June 27, 2011

फूल्नु झर्नु यस्तै रैछ जीन्दगीको रितिस्थिती

फूल्नु झर्नु यस्तै रैछ जीन्दगीको रितिस्थिती

आफन्त नी वैरी हुन्छन् बिग्रेपछि परिस्थिती


कल्पनाका महलहरु विश्वासघातले भत्काईदिँदा

वसन्तका खुशीहरु शिशिर बनी लुटिदिँदा

अनायासै घट्दो रैछ जीन्दगीको आफ्नो गति

आफन्त नी वैरी हुन्छन् बिग्रेपछि परिस्थिती


उदासीले छाईरहयो उमंगले छोडेपछि

भन्नु अब के रह्यो र बाचा कसम तोडेपछि

बैगुनीलाई आत्मा दिनु हुन्न रैछ सितिमि...


फूल्नु झर्नु यस्तै रैछ जीन्दगीको रितिस्थिती

आफन्त नी वैरी हुन्छन् बिग्रेपछि परिस्थिती


सूर्यराज गिरी

Sunday, June 22, 2008

कस्तो नाता हो यो

लेखकः राकेश कार्की


भुल्न खोँजे भुल्न सकिन
भेटेर पनि बोल्न सकिन
कस्तो नाता हो यो

दुई टुकि्रएका भावनाको
शुन्यताले भरिएको विरही रात
कसैको अभाव भएझैँ लाग्छ
सिरान मुनि लुकाएको तस्विर
मलाई नै हेरी रोएझैँ लाग्छ

भुल्न खोँजे भुल्न सकिन
भेटेर पनि बोल्न सकिन
जीवन सुगन्ध उड्दै गए पछि
लामो व्यथा बोकेझैँ लाग्छ
सँगालेको तिम्रो कुसुमे रुमाल
मायाँ गरी सधैँ ओडेझैँ लाग्छ

भुल्न खोँजे भुल्न सकिन
भेटेर पनि बोल्न सकिन
कस्तो नाता हो यो
दुई टुकि्रएका भावनाको

हाल: लस एन्जेल्स

Sunday, June 1, 2008

लेख्दा लेख्दै चिठी तिमीलाई

लेखिकाअम्बिका गिरी


लेख्दा लेख्दै चिठी तिमीलाई, मसी त्यसै सिद्धिएछ
पुज्दा पुज्दै भगवान् तिमीलाई, भाग्य त्यसै रित्तिएछ

नक्कली मसी परेछ मेरो, सकिन लेख्न चिठी तिमीलाई
निष्ठूरी दैब रहेछौ तिमी, तिमीले देख्न सकेनौ हामीलाई

के गल्ती थियो र हामी दुईको, बिछोडमा तड्पी बाँच्नु नै पर्ने
जवानीभरि मुटुमा पिडा, तैपनि जीवन साँच्नु नै पर्ने

लगिदेउ दैब हामीलाई छिट्टै, नराख यसरी दुइतिर रुवाई
भेट्ने छौँ हामी अर्को जुनीमा, त्यसपछि बस्नेछौँ मनलाई बुझाई

Saturday, May 10, 2008

जिन्दगिको खुशी सबै

लेखकः बिमल गिरी
चारपाने, झापा

-
जिन्दगिको खुशी सबै तिम्रै निम्ति साँचेकी छु
चाँडै आउ है भन्दै मनमा देवी देउता भाकेकी छु।

सात समुन्द्र पारी तिमी बिदेशीको साथ सँगै
दिन बिताउनै कठीन भयो कति बसौं एक्लै रुँदै,
मिलनका खुशी सबै तिम्रै निम्ति साँचेकी छु
चाँडै आउ है भन्दै मनमा देवी देउता भाकेकी छु।

मनमा कैल्यै खुशी छैन रुन्छु सधैं आँखाभरी
बैंस त्यसै खेर गयो ओईलियको फूल सरी,
आउने दिनको खुशी सबै तिम्रै निम्ति साँचेकी छु
चाँडै आउ है भन्दै मनमा देवी देउता भाकेकी छु।


हाल: ब्रुसेल्स, बेल्जियम

Thursday, April 17, 2008

म रुँन सकिन

लेखक: -राकेश कार्की


तिमी नरोएको भए म रोइदिने थिएँ
दुःखेका चोट सारा बगाइदिने थिएँ
तिम्रो आँसु जे भन्दैछ
त्यही नै भन्छ मेरो धडकन
आखिर एउटै त हो िन
तिम्रो मेरो हृदयको जलन
तिम्रो जस्तै पिँडा मेरो
त्यसैले देखाउन चाहिन
अझ विलौना गछ्र्यौ भिन
म एकसाथ रुन सकिन
सत्य तिमी नरोएको भए म रुने थिएँ
दुःखेका चित्त सारा बुझाइदिने थिएँ

लस् एन्जेलस्

Wednesday, April 2, 2008

तिमी बिनाको

लेखक: -माकुम राइ

तिमी बिनाको संसारको, तिमी बिनाको बहारको, कुनै अर्थ हुने छैन
तिमी बिनाको सपनाको, तिमी बिनको बिपनाको, कतै पुराहुने छैन
चाहाना,बहाना,कामना,गहना,जे छु, तिम्रै मायालु
म होसी, बेहोसी,दोशी,निर्दोशी,जे छु,तिम्रै मायालु

घुम्ति मोडहरुमा, उकाली ओरालिहरुमा, मलाई तिम्रो साथ चाहिन्छ
तिमी सँगै मरे बांचे,तिमी सँगै रोए हाँसे, यो मनले शान्ति पाउछ
तिमी बिनाको जिन्दगिको, तिमी बिनाको बगाइको,कुनै किनार हुने छैन

जिवनको यात्राहरुमा, हिडाइको रफ्तारहरुमा,मलाई तिम्रै मायाँ चाहिन्छ
अग्लाई ऊचाई नाप्नलाई,क्षितिज छुनलाई, मलाई तिम्रो साथ जरुरि छ
तिमी बिनाको कल्पनाको,तिमी बिनाको तिर्सनाको, कतै सवाल हुने छैन

Friday, February 15, 2008

परदेश को चिट्ठी

लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर


प्रिया,कसो गरी कोरु परदेशको कथा
भिजिदिन्छ सबै पत्र आसुँ झरी दिदा

रात भरी खट्टी रा'छु,मिसिन सँगइ चली रा'छु
थकाई लाग्छ आराम छैन,गोरु जसतै जोतीइ रा'छु
पसिनाले जिउ भिज्छ ,हात गोडा गलाई रा'छु
कठै! भन्ने को नै छ र ,तिमी सम्झी रोइ रा'छु

प्रिया,कसो गरी लेखु बिदेशका बेथा
भिजिदिन्छ सबै पत्र आशु झरी दिदा

आर्का देश आर्का भेश अर्कै भाषा बोल्दा
भित्रै देखी चित्त दुख्छ फिरङिले पेल्दा
सधैं भरी कामैकाम आराम नहुँदा पनि
कठै! भन्ने को नै छ र थला पर्दा पनि

हाल बोउल्देर अमेरिका

Friday, December 14, 2007

विश्वमा नेपाल

लेखक: -राकेश कार्की


मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अिहंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान

लस् एन्जेलस्

Tuesday, November 20, 2007

जहाँ गयो ठेस लाग्छ

लेखक: -बिमल गिरी
चारपाने, झापा

जहाँ गयो ठेस लग्छ हेर्छु छितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।

जिन्दगीको गोरेटोमा गर्नुपर्ने कति कति
समयले कोल्टे फेर्यो नपुग्नेभो सोचेजति,
मन् भुझौउँदै आफैंलाई हेर्छु पारी पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।

भनेजस्तो हुनरैछ सोचे जस्तो हुन जीवन्
कस्तो भाग्य रैछ भन्दै एकान्तमा रुन्छ यो मन्,
खुशीहरु भाग्य सबै निरासालाई येक्लै पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।


हाल बेल्जियम, ब्रुस्सेल्स

Friday, April 20, 2007

पखेरीले हेरिराछन् "गीत"

पखेरीले हेरिराछन् चौतारीले कुरीराछन्
परदेशीको हालखबर देउरालीले सोधीराछन्

गाउँघरले खोज्दै थिए तिम्ले उनलाई सोधेनौ रे
बुढी आमा सँधै रुन्छिन उनको मायाँ बुझेनै रे
साथी भाई जिज्ञासु छन् कस्तो भयो परदेशी
तिमी बिना हाँस्न छोड्यो तिम्रै प्यारो गाउँबेसी

तीज आयो तिहार आयो दिदीबहिनी हाँसेनन् खै
तिम्रो खबर नपाएर मखमली नि गाँसेनन् खै
साथी भाई सोध्छन् अरे तिम्री उनलाई पँधेरीमा
आशाको यो दियो जलाई कुरिराछिन् अँधेरीमा

लेखिका: -अम्बिका गिरी

Sunday, April 15, 2007

सम्झे भने "गीत"

सम्झेँ भने तिम्रा कुरा अतित त्यसै बल्झिदिन्छ
यात्रा बिहीन जीन्दगी यो कता कता अल्झिदिन्छ

भनेकाथ्यौ तस्वीर थमाई याद आए हेरिदिनु
तिम्रो म त केवल तिमै्र अँगालोमा बेरिदिनु
माया मेरो खोटो रैछ मतलबी यो संसारमा
म त एक्लो हराईहालें तिमी रम्यौ हजारमा

अपागं भो खुशीहरु सागर बगे आँखाबाट
सपनाका रहरहरु सबै खसे छाँगाबाट
परचक्री तिम्रो लागि आफू पनि मरेतुल्य
किन झर्छन आँसु पनि छैन भने आखिर मूल्य

लेखिका: -अम्बिका गिरी