लेखक: -माकुम राइ
तिमी बिनाको संसारको, तिमी बिनाको बहारको, कुनै अर्थ हुने छैनतिमी बिनाको सपनाको, तिमी बिनको बिपनाको, कतै पुराहुने छैन
चाहाना,बहाना,कामना,गहना,जे छु, तिम्रै मायालु
म होसी, बेहोसी,दोशी,निर्दोशी,जे छु,तिम्रै मायालु
घुम्ति मोडहरुमा, उकाली ओरालिहरुमा, मलाई तिम्रो साथ चाहिन्छ
तिमी सँगै मरे बांचे,तिमी सँगै रोए हाँसे, यो मनले शान्ति पाउछ
तिमी बिनाको जिन्दगिको, तिमी बिनाको बगाइको,कुनै किनार हुने छैन
जिवनको यात्राहरुमा, हिडाइको रफ्तारहरुमा,मलाई तिम्रै मायाँ चाहिन्छ
अग्लाई ऊचाई नाप्नलाई,क्षितिज छुनलाई, मलाई तिम्रो साथ जरुरि छ
तिमी बिनाको कल्पनाको,तिमी बिनाको तिर्सनाको, कतै सवाल हुने छैन
No comments:
Post a Comment