Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, October 3, 2013

कोही आउने जाने क्रम घरी घरी छ

कोही आउने जाने क्रम घरी घरी छ
यो जिन्दगी पनि उसैको मनपरी छ

छोडेर जाँदैमा भुलिने होइन रहेछ
सम्झना आँखाभरि छ-मुटुभरि छ

शृङ्गार लगाएर बजार नझर्नू तिमी
त्यता मान्छेबाटै मान्छेको तस्करी छ

मान्छे त एकदिन घामझै अस्ताउँछ
बरु यी ढुंगाको चोला अजम्बरी छ
============================
आँखामा बसेकी थी' सुरुमा ऊ
बसेकी छे अहिले यो मुटुमा ऊ

जुन आँखाबाट मनमा छिरेकी थिई
त्यही आखाँबाट बग्छे आँसुमा ऊ

भुल्न चेतावनी दिँदै फेरि याद पठाई
किन उभ्याउँछे दोधारको साँघूमा ऊ

मैले यो जिन्दगी चढाएँ उसैमा
खै!के चढाउली मेरो मृत्युमा ऊ?

दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप

Wednesday, April 17, 2013

आँखा भित्र आँशु ,लुकाउन सकिएन

गजल
आँखा भित्र आँशु ,लुकाउन सकिएन
 कसै लाई ब्यथा ,फुकाउन सकिएन

बैगुनिलाई गुणले हान्नु पर्छ भनि
 माफि दिए पछि ,ठटाउन सकिएन

सत्यको बाटो हिड्ने मान्छे भएर होला
 अरु सामु शिर ,झुकाउन सकिएन

तिमि कँहा म कँहा जति टाढा भएनि
 तिम्रो चोखो माया ,भुलाउन सकिएन

जिवनको गोरेटोमा अघि बढ्दै जाँदा
 टुक्रिए छ मुटु, जुटाउन सकिएन

जिबन पोखरेल ''विगुल''

Thursday, December 1, 2011

छोराको काल छोरै मालामाल, यहाँ यस्तै छ आमा

छोराको काल छोरै मालामाल, यहाँ यस्तै छ आमा
तिमी हरायौ जब सालसाल, यहाँ यस्तै छ आमा

बेचेर पुगेन कोशी , चूसी- चुसी रगत अनि
पसिना बेच्दैछन दलाल, यहाँ यस्तै छ आमा

भन्दा सामन्ती डगारले , जुठो छ जिन्दगी यो ,
तर भागमा छ रित्तो थाल, यहाँ यस्तै छ आमा

तिमी फर्कने आशमा, कत्ति ढाटू र दर्द लुकाई
दिनहु काटमार र हड्ताल, यहाँ यस्तै छ आमा

जहाँ कानुनको मृत्युमा, समय संख फुकिरहेछ
तिम्रो मेरो "नया नेपाल" यहाँ यस्तै छ आमा

दिनेश राज पुरी
(सुनारपानी ९, रामेछाप)

Thursday, May 5, 2011

आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा

आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा
मनभित्र शूल गड्यो टाढाकोलाइे नजिक मान्दा ।


दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी
तर बिष् पो ओकल्यो नी मैले मान्छे भनी जान्दा।


बुढा पाका भन्ने गर्थे नजिकको भूत नै राम्रो
बल्ल आज ठेस लाग्यो मुटुभित्र शोला हान्दा ।

नजिकको तिर्थ हेला भन्ने उखान सत्य भयो
को आफ्नो हो को बिरानो अल्मलिंदै आफ्नो छान्दा ।

आफ्नोलाई बैरी ठानी अर्कालाई मुटु दिँदा
आज आफु भुइँमा गिरे बैगुनिको हात तान्दा ।

आचार्य प्रभा

Friday, April 1, 2011

मायामा हामी हुनुपर्छ सफल उनिको भनाईमा

मायामा हामी हुनुपर्छ सफल उनिको भनाईमा
लौ मन हाम्रो हुनुपर्छ असल उनिको भनाईमा

संगै जिउनु पर्छ संगै मर्नुपर्छ लामो जीवनमा
त्यसैले माया हुनुपर्छ प्रवल उनिको भनाईमा

आउछन् समस्याहरु धरै नै हाम्रो मायामा हजुर
हामीले मिलेर गर्नुपर्छ हल उनिको भनाईमा

आखिर मनले चाहें मनले पाएँ ठुलो चाहनामा
अब साँचै बन्यो है माया सरल उनिको भनाईमा

मन 'शान्त' पारामा अनि एकान्तको सहारामा थियो
मायाले गर्दा भयो धेरै चन्चल उनिको भनाईमा ।

शान्तराम थापामगर
कलंकीस्थान-१४, काठमाडौं
हाल ; दुबई युएई.

केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु

केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु
जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु

बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन
हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु

जीवनको टाँगा तान्दा तान्दै, अरुकै लागि
प्रवासको वासमा बाटा, मैले धेरै विराएँछु

दिन ढले,रात ढले, कयौ वर्ष त्यसै ढले
यौवनका ती गाढा रंगहरु, धेरै सुकाएँछु

उदास- उराठ, निरास दिन, नजोडे पनि
छट्पटीका ती रातका साथ, धेरै बिताएँछु

एकबारको जिन्दगी यो, बन्धकी बनाएँछु
जिन्दगी बिनाको जिन्दगी, धेरै बिताएँछु ।
शिव प्रकाश

Thursday, June 24, 2010

संयोग किन ? वियोग दिन बोल्दै आयो उन्को यादले

संयोग किन ? वियोग दिन बोल्दै आयो उन्को यादले
खुसी पनि पीडासँगै घोल्दै आयो उन्को यादले

लाजले ढाक्दा झन् लाज लाग्दा नखुलेका थिए जे जे
सबै सुस्त नलजाई खोल्दै आयो उन्को यादले

ढल्यो जव आशको खाँबो जिन्दगीको मूल्य तोक्दै
जिन्दगी नै तोल्दै आयो मोल्दै आयो उन्को यादले

चर्चराउँथ्यो बलले खप्थें बल्जिएर अतीत सँगै
आज फेरि मुटु पोल्दै पोल्दै आयो उन्को यादले
दिनेशराज पुरी

Monday, May 17, 2010

बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।

सुरेश ज्योतिपुञ्ज
नुवाकोट,नेपाल
बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।
लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ।

फुटिजाने डर सधैं ,सिशमहल सपनाको,
पुरानो यो झुपडिलाई,महल लेख्न थालेँ।

रहरैले लेखेँ पहिला,कथा आफ्नो लेखे अनी,
सबैले भन्न थाले, अब्बल लेख्न थालेँ।

बुझे जस्तो लाग्यो,केही दिन लेखेपछी,
जिन्दगीलाई फेरी, पसल लेख्न थालेँ।

संसारै छ उज्यालो,मनै खुशी भएपछी,
सबैलाई आजदेखी, असल लेख्न थालेँ।

जती लेख्दै गएँ,उती लेख्ने मन भयो,
लेख्नुलाई पनी अब,अम्मल लेख्न थाले।

धरतिमा झरेको छ,आकासको ज्योतिपुञ्ज,
फुलेपनि यो हिलोमा,कमल लेख्न थालेँ।

बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।
लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ।
सुरेश ज्योतिपुञ्ज
नुवाकोट,नेपाल

Friday, May 14, 2010

दियौ तिमीले,कस्तो आश

आचार्य प्रभा

दियौ तिमीले,कस्तो आश ?
पालेँ मनमा,खाली त्राष /

ब्यर्थ रहेछ,बिस्वाश् गर्नु
बनें जहिल्यै,झनै निराश् /

भयो जिन्दगी,कत्ति सस्तो
कहाँ पाउने,न्यानो बास ?

बन्यो रहर,कस्तो कस्तो
भए उदेश्य,सबै नाश /

मान्छे भएको सार छैन
बन्यो आखिर,सिंगो लाश /

Thursday, February 4, 2010

सक्छौ भने देश को माया

लेखक: प्रविन भट्टराई "प्रयाश "
दुधराक्ष : १
रुपन्देही नेपाल


सक्छौ भने देश को माया कमाउन साथी हो
आफ्नै देश को फुलबारी मा रमाउन साथी हो

सबै थोक यहि छ | विदेश किन धाउछौ
मेहनत गरी आफ्नै देश लाई जमाउन साथी हो

मरी लानु के छ र ! जानु पर्छ एक दिन त
आफ्नै घर आगन मा घमाउन साथी हो

किन लड्छौ एक आपस मा तछाड मछाड गर्दै
तलबार होइन कलम हात मा समाउन साथी हो

Wednesday, January 27, 2010

लेख्दै छु कहानी म

लेखक: प्रविन भट्टराई "प्रयाश "
दुधराक्ष : १
रुपन्देही नेपाल


लेख्दै छु कहानी म आफ्नै ओठको मुस्कान मा
लान्छौ भने दिन्छु जीवन तिमि लाई अनुदान मा

जिन्दगी को दोबाटो मा अल्झियर बस्नु भन्दा
आफ्नो चित्त बुझाउला दिय भनि बरदान मा

चाहना मा आगो सल्काई रुनु पर्छ एकान्त मा
यस्तै हो त भाग्य मेरो लेखियको बिधान मा

देखेको थे कस्ता मिठा सपना उनि संग मैले
सबै चक्नाचुर भय आँसु पाय वर्तमान मा |



हाल :- मुम्बई

वैमनस्य को संसार भित्र

लेखक: महेश थापा "नमुना"


वैमनस्य को संसार भित्र डुलेर गयौ
बेमतलब को संघार भित्र हुलेर गयौ

न हुनु थियो तिमि लाई स्वाद को अनुपात
मिठास को परस्पर भित्र घुलेरा गयौ

बज्रपात अनि कस्तो बिडम्बना हेर त
आज उल्टै मेरो सत्रु सामु खुलेर गयौ

छायौ वास्ना मुग्ध बनि सुगन्ध जताततै
अर्थ बिना बोट मा तिमि फुलेर गयौ

न त चाहिने तिमि लाई बर्सात नै
बिना बिउ को फल झै झुलेर गयौ |

हाल :- मुम्बई

Saturday, May 30, 2009

हुन्छ की हुँदैन

लेखकः राकेश कार्की

नचिनेको मान्छेलाई हेर्न हुन्छ की हुँदैन
मनमा जागेको धोको फेर्न हुन्छ की हुँदैन

चुल्बुलाउँदै गुन्गुनाउँदै कति रमाईलो
तिम्रो मुस्कान मुटुमा बेर्न हुन्छ की हुँदैन

त्यसै त्यसै खुशीको मुल फुटे झैँ लाग्छ
त्यै खुशीको प्रवाहले घेर्न हुन्छ की हुँदैन

मनभरी फूलैफूल वास्नामा मग्न भएँ
मनमा तिम्रो नाम केर्न हुन्छ की हुँदैन ।।

Saturday, November 29, 2008

केही चोटले ज्ञानी हुन्छ

लेखिका: निर्मला थापा


केही चोटले ज्ञानी हुन्छ धेरै चोट बानी हुन्छ
दु:खपर्दा झर्ने आशु धेरै रुँदा पानी हुन्छ

जसले पनि बाँच्ने जीवन एकनासको हुन्न भन्छन्
खाली पाना जस्तो जीवन धेरै लेख्दा काहनी हुन्छ

डराउन हुन्न भन्छन् अरुलाई सहयोग गर्न
विपत्तिमा दिने वचन ममताको खानी हुन्छ

फसाएर अरुलाई आफूले फाइदा लिनु हुन्न
अरुलाई ठग्न खोज्दा आफैलाई हानी हुन्छ

सधैँ सुखी हुन्न जीवन हरेस कहिल्यै खानु हुन्न
दु.ख पनि बाड्ने गर्दा सबैमाझ दानी हुन्छ

Tuesday, November 25, 2008

रंगिचंगी चुरापोते उस्तै सारी अनी चोली

लेखकः भागवत भण्डारी




रंगिचंगी चुरापोते उस्तै सारी अनी चोली
सजिएर बेहुली भै लजाउदै चढ्यौ डोली

भेटघाट गफगाफ इतिहासै हुने भयो
मुस्कलै पो पर्ने भयो सुन्न अब तिम्रो बोली

रंगिएको सिउँदो त्यो पराइको हात बाट
सम्झी मुटु भक्कनियो तिमी संगै खेल्या होली

प्रेम भिक्षा मागेकोथे दासत्व नै स्विकारेर
जीवन नै सुम्प्योउ अन्तै रित्तै पार्योउ मेरो झोली

हृदयको मन्दिरमा तिम्रै मुर्ती सजाकोछु
भत्काएर लगे हुन्छ हानी त्यहाँ एक गोली

Wednesday, November 19, 2008

हेमन्त गयो बसन्त आयो पालुवा पलायो

लेखकः भागवत भण्डारी


हेमन्त गयो बसन्त आयो पालुवा पलायो
सम्झेर दुखी जीवन मेरो शरीर गलायो

हासेर बाच्ने गायर नाच्ने भबिश्य सुनौलो
सम्झना झन बल्झेर मन हृदय जलायो

पौरखी वीर अभागी शीर पसिना बगाइ
भकारी भर्ने अन्नको सट्टा दुर्भाग्य फलायो

दुनियाँ सारा चन्द्रमा तारा खोजेर रोजेको
मायालु भनी छाती नै थाप्दा छुरा पो चलायो

बिजय खोज्दा पाईन्छ हार दोश खै कस्को हो
छैटीको दिन निधार कोर्ने भावीले छलायो

Friday, November 7, 2008

उकुसमुकुस भावनाले छाती फोर्न थालेपछि

लेखकः रुद्र मिश्र
नाँगिन - १ पाँचथर, मेची, नेपाल

उकुसमुकुस भावनाले छाती फोर्न थालेपछि
जीवनको कथा बन्यो शब्द कोर्न थालेपछि।

जीवनको गोरेटोमा नौलो आँधी चल्दोरैछ
वैश छँदै प्रीयशीको मन चोर्न थालेपछि।

बस्तिभित्र चेतनाको दियो सल्काउँछन अब
कलमले पानी जल्ने दियो जोर्न थालेपछि।

उराठलाग्दा पाखाहरु खेतबारी बन्छन तव
पाखुरीले मलजल लगाई काँडा सोर्न थालेपछि।

वनपाखा वशन्तको पालुवाले ढाक्छ
भित्र सबै एक भई बाहिर मर्न थालेपछि

हाल - मलेशिया

Friday, October 31, 2008

चाडबाडमा चैं फर्क दाजु

लेखिका: अम्बिका गिरी

यसपाली त सयपत्री त्यसै ओइलाई झर्‍यो
बाटो हेरी बसेँ दाजु थाहै नपाई रात पर्‍यो

धेरै धन मिल्छ अरे परदेशमा गए भन्थ्यौ
रुवाई चेली तिहारमा तिम्रो धनले के पो गर्‍यो

सम्झाउँथ्यौ बा आमालाई धनले नै सुखी राख्छु
फर्किएनौ यत्रो साल उनीहरुको नि आशै मर्‍यो

परदेशीको सेवा गर्दे घरको हालत बिर्स्यौ क्यारे
तिमी खेल्ने खरबारीमा दुनियाँका बस्तु चर्‍यो

अघिपछि दुःख गर चाडबाडमा चैं फर्क दाजु
परदेशको तिम्रो बासले यो चेलीको खुशी हर्‍यो

सपनीमा मात्र होइन

लेखिका: अम्बिका गिरी


सपनीमा मात्र होइन प्रिय बिपनीमा पनि आउन
उजाड मेरो जीन्दगीमा बसन्तको बहार छाउन

साँचेकी छु तिम्रो माया पछ्यौरीमा गाँठो पारी
आतुर छु म हाम्रो सानो मायाको घर सजाउन

फिक्का लाग्छ जुन अचेल सुगन्ध नै छैन फूलमा
नपाउँदै ओइली झर्न टिपी मेरो शिरमा लाउन

बिरहको आगो बाली छाती भित्र मुटु जल्छ
तड्पीएको मेरो मनलाई तिमी आफै सम्झाउन

तिमी मात्रै गयौ टाढा छोडी मलाई एकान्तमा
सक्छौ भने बिन्ती प्रिय मलाई पनि लैजाउन

Friday, October 24, 2008

कत्ति शासन गर्छौ नेता

लेखकः दुर्गाबहादुर शाह "बाबा"
पोखरा

कत्ति शासन गर्छौ नेता जनताको नाउँमा
बाटोघाटो धारापानी पूर्वाधार छैन गाउँमा

जसका पनि त्यहिकुरा सुन्दा सुन्दा सबै वाक्क
भारी आशा राखि तिमलाइ पुर्याई दियौं ठाउँमा

साधा जिवन उच्च विचार सबै नेता भन्ने गर्छन्
नाममान सान पाए विकिहाल्ने सस्तो भाउमा

पैतालामा चप्पल हुन्थ्यो भयो अहिले जुत्ता गाडी
तिम्रो ग्रह नेपाल आमा जहिलेनी देख्छिन् राहुमा

सुद्धि बुद्धि कहिले फिर्छ नेता तिम्रा मनमा
मलम पटृी कस्ले लाउने गरिबको घाउमा ।