कोही आउने जाने क्रम घरी घरी छ
यो जिन्दगी पनि उसैको मनपरी छ
छोडेर जाँदैमा भुलिने होइन रहेछ
सम्झना आँखाभरि छ-मुटुभरि छ
शृङ्गार लगाएर बजार नझर्नू तिमी
त्यता मान्छेबाटै मान्छेको तस्करी छ
मान्छे त एकदिन घामझै अस्ताउँछ
बरु यी ढुंगाको चोला अजम्बरी छ
यो जिन्दगी पनि उसैको मनपरी छ
छोडेर जाँदैमा भुलिने होइन रहेछ
सम्झना आँखाभरि छ-मुटुभरि छ
शृङ्गार लगाएर बजार नझर्नू तिमी
त्यता मान्छेबाटै मान्छेको तस्करी छ
मान्छे त एकदिन घामझै अस्ताउँछ
बरु यी ढुंगाको चोला अजम्बरी छ
============================
आँखामा बसेकी थी' सुरुमा ऊ
बसेकी छे अहिले यो मुटुमा ऊ
जुन आँखाबाट मनमा छिरेकी थिई
त्यही आखाँबाट बग्छे आँसुमा ऊ
भुल्न चेतावनी दिँदै फेरि याद पठाई
किन उभ्याउँछे दोधारको साँघूमा ऊ
मैले यो जिन्दगी चढाएँ उसैमा
खै!के चढाउली मेरो मृत्युमा ऊ?
जुन आँखाबाट मनमा छिरेकी थिई
त्यही आखाँबाट बग्छे आँसुमा ऊ
भुल्न चेतावनी दिँदै फेरि याद पठाई
किन उभ्याउँछे दोधारको साँघूमा ऊ
मैले यो जिन्दगी चढाएँ उसैमा
खै!के चढाउली मेरो मृत्युमा ऊ?
दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप
सुनारपानी-९ रामेछाप

