लेखिका: अम्बिका गिरी
सपनीमा मात्र होइन प्रिय बिपनीमा पनि आउन
उजाड मेरो जीन्दगीमा बसन्तको बहार छाउन
साँचेकी छु तिम्रो माया पछ्यौरीमा गाँठो पारी
आतुर छु म हाम्रो सानो मायाको घर सजाउन
फिक्का लाग्छ जुन अचेल सुगन्ध नै छैन फूलमा
नपाउँदै ओइली झर्न टिपी मेरो शिरमा लाउन
बिरहको आगो बाली छाती भित्र मुटु जल्छ
तड्पीएको मेरो मनलाई तिमी आफै सम्झाउन
तिमी मात्रै गयौ टाढा छोडी मलाई एकान्तमा
सक्छौ भने बिन्ती प्रिय मलाई पनि लैजाउन
1 comment:
अम्बिका चेली,
नमस्ते । गजल साह्रै राम्रो लाग्यो । पुन
सम्प्रेषण गर्दै गर्नुहोला। उतरोत्तर प्रगतिको
शुभकामना।
Post a Comment