नेपालीहरुलाई युरोप जानको लागि भिषा लिन कति गार्हो छ भनेर त सायद कसैलाई पनि भन्न् नपर्ला । त्यसको मैले पनि सो अनुभव स्वयं गर्न पाए । बल्ल बल्ब भिषा त मिल्यो फेरी प्लेनको टिकट पाउन उत्तिकै गार्हो । नेपालबाट बैदेशिक रोजगारी काम लागि मान्छे पठाउने मेनपावर कम्पनी हरुले आवश्यक भन्दा बढी बढी टिकट बुक गरेर यस्तो समस्या हुन आएको हो भन्ने कुरा पनि सुनिन आयो । लगातार रुपमा चल्दै आएका गल्फ एअर र कतार एअरको एकाधिकार जस्तै छ अन्तराष्टि´य उडानका लागि । नेपालको एकमात्र ध्वजावहाक हवाइजहाजको आवस्था दिनप्रतिदिन विग्रदै जानु र समयमा उडान नहुने भएकोले अब आपुनो देशको जहाज चड्नु पनि रहरै भयो ।
इन्डियाको बाटो भएर जाँदा हरियो पासपोर्ट बोक्नेहरुले धेरै सास्ती पाउछन् भन्नेकुरा धेरै जनाबाट सुनेकाले त्यहाँबाट जानु उचित ठानिन् । जसो तसो गरेर गरेर भए पनि २८ नोभेम्वर २००७ का दिन रातको १२ बजे चाइना साउथवेस्टको हवाइजहाजवाट आम्स्र्टडाम जानको लागि निस्किए । पहिले काठमाण्डौं-ग्वाङजाउ-आम्स्र्टडाम भनेर टिकटमा उल्लेख गरे पनि फेरी ग्वाङजाउ-बेइजिङका लागि आर्को प्लेन पक्रनु पर्ने रहेछ । पहिलो कुरा यो मेरो पहिलो विदेश भ्रमण थियो भने दोस्रो कुरा चाइनिजहरुको भाषाका कारण म धेरै अल्मलिनु पर्यो । म जे बोल्छु अंग्रेजीमा उनीहरुलाई बुभुन गार्हो भयो । उनीहरु पनि चाइनिजमा के के वोल्छन मलाई थाहा भएन । एकोहोरो श्रोतामात्र भएर सुन्ने काम बाहेक अरु केही बुझेको भने होइन । समय एकदमै कम भएको कारणले यताबाट उता उताबाट यता दौडदै हैरान भयो । जेहोस् यताउता गरेर भए पनि आम्स्र्टडामको स्कीपोल एअरपोर्टमा आगमन हुँदा साँझको ६ बजेको थियो । समुद्री सतह भन्दा ७ मिटर मुनी रहेको यो एअरपोर्ट भित्र त सम्पूर्ण सुबिधाले गर्दा जाडोको अनुभव भने भएन तर बाहिर निस्किए पछि बास्तविक जाडोको महसुस भयो । मैले कस्तो जाडो भएको भन्दा एकजना सज्जनले भने सगरमाथाको देशबाट आएको मान्छेलाई जाडो हुन्छ र ? अहिले यहाँको मौसम हाम्रो नेपालको वर्षायाम जस्तै रहेछ । सधैँभरि पानी परिरहने र हावा लागिरहने । माथिको निलो आकाश देख्नु पनि मुस्किल छ भने घाम देख्नु त रहरै रहेछ । यहाँका मानिसहरुबाट समय शिक्षा र अर्थतन्त्रको महत्वको बारेमा जान्न पाउँदा एकदमै खुशी भएँ । अब आउँदा दिनहरुमा म नेदरल्याण्डको बारेमा थप जानकारीहरु लिएर आउने छु ।
Showing posts with label यात्रा संस्मरण. Show all posts
Showing posts with label यात्रा संस्मरण. Show all posts
Monday, December 10, 2007
Wednesday, December 5, 2007
नमस्कार नेदरल्याण्डको एम्स्र्टड्यामदेखि
यूरोपका चसो चिसो भुमिबाट यहाँहरुलाई मेरो न्यानो नमस्कार । नेपालको सँधै ढिलो हुने इन्टरनेट र व्यस्त हुने जीवनदेखि केही समयको लागि भएपनि दुर भएर काम गर्ने मौका मिलेको छ । यहाँरुलाई म मेरो यूरोप यात्रा सम्बन्धि आफ्नो अनुभवहरुलाई यस ब्लगमार्फत बाँड्ने नै छु । यहाँहरुको सल्लाह र सुझावको लागि सँधै स्वागत गर्दछु ।
Subscribe to:
Posts (Atom)