Thursday, December 1, 2011

छोराको काल छोरै मालामाल, यहाँ यस्तै छ आमा

छोराको काल छोरै मालामाल, यहाँ यस्तै छ आमा
तिमी हरायौ जब सालसाल, यहाँ यस्तै छ आमा

बेचेर पुगेन कोशी , चूसी- चुसी रगत अनि
पसिना बेच्दैछन दलाल, यहाँ यस्तै छ आमा

भन्दा सामन्ती डगारले , जुठो छ जिन्दगी यो ,
तर भागमा छ रित्तो थाल, यहाँ यस्तै छ आमा

तिमी फर्कने आशमा, कत्ति ढाटू र दर्द लुकाई
दिनहु काटमार र हड्ताल, यहाँ यस्तै छ आमा

जहाँ कानुनको मृत्युमा, समय संख फुकिरहेछ
तिम्रो मेरो "नया नेपाल" यहाँ यस्तै छ आमा

दिनेश राज पुरी
(सुनारपानी ९, रामेछाप)