Monday, May 17, 2010

बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।

सुरेश ज्योतिपुञ्ज
नुवाकोट,नेपाल
बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।
लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ।

फुटिजाने डर सधैं ,सिशमहल सपनाको,
पुरानो यो झुपडिलाई,महल लेख्न थालेँ।

रहरैले लेखेँ पहिला,कथा आफ्नो लेखे अनी,
सबैले भन्न थाले, अब्बल लेख्न थालेँ।

बुझे जस्तो लाग्यो,केही दिन लेखेपछी,
जिन्दगीलाई फेरी, पसल लेख्न थालेँ।

संसारै छ उज्यालो,मनै खुशी भएपछी,
सबैलाई आजदेखी, असल लेख्न थालेँ।

जती लेख्दै गएँ,उती लेख्ने मन भयो,
लेख्नुलाई पनी अब,अम्मल लेख्न थाले।

धरतिमा झरेको छ,आकासको ज्योतिपुञ्ज,
फुलेपनि यो हिलोमा,कमल लेख्न थालेँ।

बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ।
लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ।
सुरेश ज्योतिपुञ्ज
नुवाकोट,नेपाल

No comments: