घिउका सिगंमागं मसिना चामल
हाकीमकहाँ चढाउला
चढाको भरमा खरदारको जागीर
कतिदिन अड्यौला
कि बलियो चाहियो फरियाको नाता
कि जेठान मन्त्रीज्यू
होईन भने चान्स नै छैन
नो तिमीलाई इन्टरभ्यू
नगरे त्यसो पाईदैन जागीर
परिवार पाल्नलाई
घरमा भाको खसी नै लान्छौ
चाकडी गर्नलाई
के जाने हो र हाकीम साबको
कलमको भरमा
बिहानैदेखि चाकडी गर्न
आईपुग्छन् घरमा
हाकीम साहेब आसाध्यै कडा
बेसरी बोल्दछन्
मसिना चामल हुस्कीका बोतल
घरमा लड्याछन्
गरीबको घरमा चामल छैन
बालबच्चा भोका छन्
बुढीको चोलो फाटेर गयो
गाउँले हाँस्दछन्
नेपालको कानून पशुपति जानुन्
कहाँ छ अदालत
पैसामा बिक्छन् वकिल सबै
को गर्छ वकालत
ह्युम्यान राईट्स विश्वमा फाईट
पैसामा बिक्या छ
राम्ररी बुझि पत्रकारहरुले
यो लेख्नु पर्या छ
कॄष्ण बहादुर बिष्ट
हालः नेदरल्याण्ड
0 प्रतिकृयाहरु:
Post a Comment