संयोग किन ? वियोग दिन बोल्दै आयो उन्को यादले
खुसी पनि पीडासँगै घोल्दै आयो उन्को यादले
लाजले ढाक्दा झन् लाज लाग्दा नखुलेका थिए जे जे
सबै सुस्त नलजाई खोल्दै आयो उन्को यादले
ढल्यो जव आशको खाँबो जिन्दगीको मूल्य तोक्दै
जिन्दगी नै तोल्दै आयो मोल्दै आयो उन्को यादले
चर्चराउँथ्यो बलले खप्थें बल्जिएर अतीत सँगै
आज फेरि मुटु पोल्दै पोल्दै आयो उन्को यादले
दिनेशराज पुरी
0 प्रतिकृयाहरु:
Post a Comment