Saturday, May 30, 2009

हुन्छ की हुँदैन

लेखकः राकेश कार्की

नचिनेको मान्छेलाई हेर्न हुन्छ की हुँदैन
मनमा जागेको धोको फेर्न हुन्छ की हुँदैन

चुल्बुलाउँदै गुन्गुनाउँदै कति रमाईलो
तिम्रो मुस्कान मुटुमा बेर्न हुन्छ की हुँदैन

त्यसै त्यसै खुशीको मुल फुटे झैँ लाग्छ
त्यै खुशीको प्रवाहले घेर्न हुन्छ की हुँदैन

मनभरी फूलैफूल वास्नामा मग्न भएँ
मनमा तिम्रो नाम केर्न हुन्छ की हुँदैन ।।

No comments: