दिलिप बन "जङली"
सपनिमा सधैं देख्छु आमा तिमीलाईकहाँ पो बस्न सकेको छु र नि रमाई
चाहेर नि तिमीलाई भेटन नसक्ने भई
बिदेशिएको छुनी भइकन पराई
।।।।।।।।।।।।।।।।
घासका ति भारी भित्र दिन चर्या खोतल्दै
गाई भैंसी मेला पात घरधन्दा मिलाआउँदै
कती सम्झी रहुली परदेशका छोरा छोरी
धन्य छौ हे मेरी आमा लुकाउदै पिढा फेरी
।।।।।।।।।।।।।।।
पैसा भन्दा ठुलो जन्माउने जननी तिमी
कयौ दु:ख झेलेर सन्तान हुर्कौने ममताकी खानि
बुढेस्काल्मा शाहरा बन्ने कसम खाए नि
वाध्य भई टाडिए परिस्थिती सम्झी
।।।।।।।।।।।।।।।
तन यता भये नि मन घरी घरी तिम्रै वरिपरी
थेग्न सकिन समाजको परम्परा ,भए म पनि सात समुन्द्र पारी
साथी भाई रमाइलो राश रमिता राखिकन थाती
बिदेसिए सोच्दै ति सबै अतित हुन भनी
।।।।।।।।।।।।।
भोलिको आश छैन आज चली रा छ
खै के होला यस्तै तरङमा जिन्दगी बगी रा छ
टिक टिक समय को ताल सँगै अहोरात्र गनी
पक्कै एक दिन त्यो सुनौलो बिहानि आउछ भनी
।।।।।।।।।।
खै उपहार पो के दिन सक्छु , ति अशन्खय ऋन तिर्न भनी
यही दुई शब्द कोरे तिम्रो यादमा आमाको मुख हेर्ने दिन सम्झी
अष्ट्रेलिया
No comments:
Post a Comment