Friday, April 1, 2011

मायामा हामी हुनुपर्छ सफल उनिको भनाईमा

मायामा हामी हुनुपर्छ सफल उनिको भनाईमा
लौ मन हाम्रो हुनुपर्छ असल उनिको भनाईमा

संगै जिउनु पर्छ संगै मर्नुपर्छ लामो जीवनमा
त्यसैले माया हुनुपर्छ प्रवल उनिको भनाईमा

आउछन् समस्याहरु धरै नै हाम्रो मायामा हजुर
हामीले मिलेर गर्नुपर्छ हल उनिको भनाईमा

आखिर मनले चाहें मनले पाएँ ठुलो चाहनामा
अब साँचै बन्यो है माया सरल उनिको भनाईमा

मन 'शान्त' पारामा अनि एकान्तको सहारामा थियो
मायाले गर्दा भयो धेरै चन्चल उनिको भनाईमा ।

शान्तराम थापामगर
कलंकीस्थान-१४, काठमाडौं
हाल ; दुबई युएई.

0 प्रतिकृयाहरु: