केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु
जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु
बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन
हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु
जीवनको टाँगा तान्दा तान्दै, अरुकै लागि
प्रवासको वासमा बाटा, मैले धेरै विराएँछु
दिन ढले,रात ढले, कयौ वर्ष त्यसै ढले
यौवनका ती गाढा रंगहरु, धेरै सुकाएँछु
उदास- उराठ, निरास दिन, नजोडे पनि
छट्पटीका ती रातका साथ, धेरै बिताएँछु
एकबारको जिन्दगी यो, बन्धकी बनाएँछु
जिन्दगी बिनाको जिन्दगी, धेरै बिताएँछु ।
शिव प्रकाश
1 प्रतिकृयाहरु:
ramro chha
Post a Comment