Thursday, May 5, 2011

आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा

आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा
मनभित्र शूल गड्यो टाढाकोलाइे नजिक मान्दा ।


दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी
तर बिष् पो ओकल्यो नी मैले मान्छे भनी जान्दा।


बुढा पाका भन्ने गर्थे नजिकको भूत नै राम्रो
बल्ल आज ठेस लाग्यो मुटुभित्र शोला हान्दा ।

नजिकको तिर्थ हेला भन्ने उखान सत्य भयो
को आफ्नो हो को बिरानो अल्मलिंदै आफ्नो छान्दा ।

आफ्नोलाई बैरी ठानी अर्कालाई मुटु दिँदा
आज आफु भुइँमा गिरे बैगुनिको हात तान्दा ।

आचार्य प्रभा

0 प्रतिकृयाहरु: