लेखेको छु पत्र यो तपाईलाई केवल तपाईको नाममा
दर्ता गर्नु आफ्नो मुटुमा फाईलिगं गर्नु विश्वासमा
तुना कस्नु भरोसामा पोको पार्नु आत्मियतामा
बोधार्थ होईन यो कार्यान्वयनामा लेखेको छु ।
हतार थिएन पत्र लेख्दा कार्यान्वयनलाई भने उतारदिएको छु
मामाला हो यो पिरतीको विषयमा नै सार खिचेको छु ।
तोक लाग्ला मायाँको पेन्डिगंको झन्झट झमेला सबै बिसे्रको छु ।
कति नहोला ढिला सुस्ती मनमा उल्लास साँचेको छु ।
आँधी बिचमा हेलिएको रित्तो डुगां यो किनार भेट्न बिहान पर्खेको छु ।
समयको चेपाचेपमा फाईल कतै हराएछ भने
विषयको गम्भीरतालाई बेवास्ता तपाईबाट भएछ भने ।
हृदयको ढोका अझै ठूलो म खोल्ने छु ।
सम्बन्ध खुलाएर यसै पेजको दिलमा तपाईको ढकढक म गरिरहने छु ।
प्रतिक्षाको उखरमाउलो जेठ बाँचेरै भएपनि हिउँदको न्यानो घाम म पर्खिरहने छु ।
3 comments:
Hi Rani,
You are starting good job. Keep it up. Best of Luck......
Nice poem.
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:
Post a Comment