Wednesday, April 11, 2007

उल्लू

केही दिन अघि मैले मेरा बच्चाहरु हेर्ने र पढाउने आया जुलियालाई आफ्नो कोठामा बोलाएँ ।
बस जुलिया तिमीले पाउने पैसाको हिसाब गरौं । तिमीलाई पैसा चाहिएको होला तर तिमीले मागिनौ । मैले तिमीलाई महिनाको तीस रुपियाँ दिन्छु भनेको थिएँ होईन
चालीस । जुलियाले भनी ।
होइन तीस । लेखिराखेको छु आयालाई जहिले पनि मैले तीस दिने गरेको छु । तिमी यहाँ दुई महिना देखि काम गर्दैछ्यौ……………………।
दुई महिना पाँच दिन । जुलियाले भनी ।
होईन पूरै दुई महिना । मैलै यहाँ लेखिराखेको छु । त्यसको माने तिमीले साठी रुपियाँ पाउँछ्यौ । नौवटा आइतबार घटाऊ । तिमीले आइतबार कोलियालाई हेरिनौ । फेरी तीन दिन छुट्टी………।
जुलिया रातै भई अनि उसले आफ्नो पोशाकको फेर छोई । एक शब्द पनि बोलिन ।
तीन दिन छुट्टी त्यसकारण बाह्र रुपियाँ घटाउ । चार दिन कोलिया बिरामी थियो तिमीले वान्यालाई्र मात्र हेर्यौ । तिम्रो दाँत दुखेर मेरी स्वास्नीले छुट्टी दिएकी थिईन् । बाह्र र सात उन्नाइस । उन्नाइस घटाउँदा तिमीले एकचालिस रुपियाँ पाउछ्यौ होईन त
जुलियाको देब्रे आँखा रातो भयो । त्यहाँ पानी देखा पर्यो । उसको चिउँडो काम्यो । उसले असजिलो मानेर खोकी तर एक शब्द पनि बोलिन ।
नयाँ बर्षको दिनमा तिमीले एउटा कप र प्लेट फुटायौ । त्यसबाट दुई रुपियाँ घटाउ । कप र प्लेट महँगो छ तैपनि मैले कम्ती नै घटाएँ । मलाई यस्तो नोक्सान भएको मन पर्दैन । फेरी तिम्रै लापरबाहीले गर्दा कोलिया रुखमा चढ्यो र त्यसले ज्याकेट च्यात्यो । त्यो दश रुपियाँ पनि घटाऊ । फेरी तिम्रै लापरबाहीले गर्दा नोकर्नीले वान्याको जुत्ता चोरी । त्यसको माने पाँच रुपियाँ घटाऊ । सबै तिमीले हेर्नु पर्ने होईन
सबै हेर्नु भनेर तिमीलाई तलब तिएको हुँ । दश तारिख जनवरीमा मैले तिमीलाई दश रुपियाँ दिएँ ।
दिनुभएन । जुलियाले बिस्तारै भनी ।
होइन मैले लेखिराखेको छु ।
हुन्छ…………।हुन्छ ।
एकचालीसबाट सत्ताईस घटाऊ चौध हुन्छ । होइन
उसका दुबै आँखामा आँसु आए । उसको पातलो सुन्दर नाकमा पसिना देखियो ।

मैले एकपल्ट मात्र पैसा लिएकी छु । कामेको स्वरमा उसले भनी त्यो पनि तपाईकी श्रीमतीबाट । तीन रुपियाँ त्यो भन्दा बढी होइन ।
हो मैले त्यो पनि लेखेको रहेनछु । चौधबाट तीन घटाऊ । एघार पाउँछ्यौ । लौ तिम्रो पैसा । पाँच पाँच एक । यहाँ छ ।
मैले उसलाई एघार रुपियाँ दिएँ । उसले थापी अनि काम्दै गरेको हातले खल्तीमा हाली ।
दया गर्नुभएकोमा धन्यवाद । उसले बिस्तारै दबेको स्वरमा भनी ।
म जुरुक्क उठेर कोठामा यताउता गर्न थालें । मलाई असाध्यै रिस उठ्यो ।
के को दया मैले सोधें ।
पैसाको लागि । उसले भनी ।
तिमीलाई थाहा छ तिमीलाई मैले कति ठगेको छु । तिम्रो पैैसा मैले चोरेको छु अनि केको दया
अरु ठाउँमा त एक पैसा पनि िदंदैन । उसले भनी ।
केही िदंदैन मैले तिमीसित ठट्टा गरेको हुँ । तिमीलाई एउटा पाठ सिकाएको हुँ । म तिमीलाई जम्मै असी रुपियाँ दिन्छु । यही खाममा तयार छ । तर मान्छे यस्तो कमजोर पनि हुनुहुन्छ तिमीले किन विरोध गरिनौ किन चुपचाप बस्यौ । यो संसारमा उल्लू जस्तो भएर बाँच्न सकिन्छ
ऊ अनौठो प्रकारले हाँसी । उसको भाव मैले बुझेँ सकिन्छ ।
मैले उसित माफ मागें र उसलाई असी रुपियाँ दिएँ । ऊ छक्क परी । दयाको निम्ति धन्यवाद भन्दै धेरैपल्ट गुनगुनाई अनि गई । मैले ऊ गएको हेरिरहें अनि सोचें संसारमा कमजोरलाई कुल्चन कति सजिलो छ ।
सभार पुस्तक : बिश्वका उत्कृष्ट १० कथाहरु

4 comments:

Anonymous said...

Your blog is successfully listed in www.bloggers.com.np.

Happy Blogging….

Anonymous said...

कथा त दामी रहेछ

Anonymous said...

नमस्कार
दिदी हजुर देखि धेरै आभारी छु पहिलो पटक यस्ता रोचक र उत्क्रिष्ट कथा पढ्न पाईयो।

Anonymous said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: