लण्डन शहरका विभिन्न ठाँउमा निरामिष भोजनालयहरु पाइन्छन् । एक दिन नेशनल ग्यालेरीका चित्रहरु हेर्दा म थाकेको थिएँ । एक बज्नै लागेको थियो र मलाई साह्रो भोक लाग्यो । यसैले म नजीकैको सेन्ट मार्टिन लेनमा भएको भोजनालयमा पसेँ । त्यहाँ दुइ चार जना मानिसहरु खाना खाँदै थिए । मैले एउटा टेबुल छानें मेचमा बसें अनि अखवार पढ्न थालें ।
एउटी वेट्रस आई र बिनम्र भएर मेरो अर्डर पर्खिरही । मैले अखवारबाट आँखा हटाएँ मेनु हेरें अनि उसलाइ खानेकुराको अर्डर दिएँ । धन्यवाद सर भनेर ऊ कुनै आवाज ननिकाली छिटो छिटो गई । त्यसै समयमा अलिकति परको टेबलमा मेरो ध्यान आकर्षित भयो । त्यहाँ एउटी अंग्रेज केटी बसिरहेकी थिई । उसले आश्चार्य मानेर मलाई हेरीरहेकी थिई तर मैले हेर्ने बित्तिकै उसले मबाट आँखा हटाई । उसले आश्चार्य मानेकोमा कुनै नयाँ कुरो थिएन किनभने कुईरेहरु हाम्रो साँवलो वर्ण देखेर मोहित हुन्छन् र हामीले चहिएभन्दा बढी ध्यान आकर्षित गर्छौ ।
केटी तेह् चौध बर्षकी थिई । उसको पहिरनबाट गरीबी झल्कन्थ्यो । उसको कपाल पिठ्यूमा झरना झै झरॆको थियो । आँखा ठूला थिए अनि त्याहाँ खिन्नताको भाव थियो । उसले थाहा नपाई मैले उसलाई नियालेर हेरें । मेरो खाना आइपुग्दा उसले खाइसकेकी थिई । वेट्रेसले उसको बिल ल्याई । केटी उठी र काउन्टरमा गई । पैैसा तिर्दा उसले काउन्टरमा बसेकी युवतीलाई सोधी मिस के ती सज्जन भारतीय हुन्
मलाई त्यस्तै लाग्छ । युवतीले भनी ।
के उनी यहाँ सधै आउँछन्
सधै आए जस्तो त लाग्दैन ।
धन्यवाद । केटीले भनी अनि मलाई चकित दृष्टिले हेरी अनि बाहिर गई ।
यसपल्ट म विस्मित भएँ । कुरा के थियो होला ममा उसको किन यस्तो चासो खाना खाईसकेपछि मैले वेट्रेसलाई सोधें । अघि त्यहाँ बस्ने केटीलाई चिन्छ्यौ
राम्ररी त चिन्दिन तर प्रत्येक शनिबार ऊ खाना खान आउँछे ।
अरु दिन त मैले उसलाई यहाँ आएको देखेकी छैन ।
ऊ को हो तिमीलाई केही थाहा छ
सायद ऊ छेवैको पसलमा काम गर्छे ।
कसरी जान्यौ
शनिबार साप्ताहिक तलब पाउने दिन हो । त्यसैले ऊ यहाँ आउँछे । अरु दिन खाना खान पैसाले पुग्दैन होला । तलब पनि त थोरै होला ।
उसको कुरा सुनेर म बिचलित भएँ ।
केटीको बिषयमा मेरो कौतुहल हटेन । उसले यसरी मेरो विषयमा किन सॊधपुछ गरी । मप्रति उसको पहिरन र उदास अनुहार मेरो मनमा आईरहयो । त्यो केटी को थिई मबाट उसको के उपकार होला आइतबार लण्डनमा सबै पसलहरु बन्द हुन्छन् । सोमबार बिहान खाजा मार्टिन लेनको वरपरका सबै पसलहरु एक एक गर्दै चाहरें तर ऊ कहीं थिईन ।
एक साता बित्यो शनिबार आयो । म फेरी त्यही भोजनालयमा पुगें । पस्नासाथ त्यो केटीलाई त्यही टेबलमा बसेर खाना खाईरहेको देखें । म पनि त्यही टेबलमा गएर एउटा मेचमा बसें र भने गुड आफ्टरनुन । केटी अलि लजाएर भनी गुड आफ्टरनुन सर ।
म उ सित यता उताका कुरा गर्न थालें । अन्त्यमा उसले सोधी के तपाई भारतीय हुनुहुन्छ
हो । मैले भने ।
के तपाई शाकाहारी हुनुहुन्छ
तिमीले किन यो प्रश्न गरेकी मैले भने ।
धेरैजसो भारतीयहरु शाकाहारी हुन्छन् भन्ने सुनेकी छु । उसले भनी ।
भारतको विषयमा तिमीले यस्तो कुरा कसरी सुन्यौ
मेरा दाई भारतमा छन् । भारतीय फौजका उनी एक सिपाही हुन् ।
मैले प्रश्नको उत्तर दिदै भने म बास्तवमा शाकाहारी होईन । तर बेला बेलामा शाकाहारी भोजन खानमा मन पर्छ । मेरो कुरा सुनेर केटी निराश भई । मैले के बुझें भने उसको दाई नै उसको एक मात्र अभिभावक रहेछ । ऊ आफ्नी बुढी आमासँग ल्याम्बेथमा बस्थी ।
दाईबाट चिठी आउँछ
अहँ धेरै दिनदेखि चिठी आएको छैन । यसैले मेरी आमा एकदमै चिन्तित छिन् । मानिसहरु उनलाई के सुनाउँछन् भने भारतमा बाघ र साँपहरु बढी छन् । दाईलाई केही भयो कि भनेर उनी डराउँछिन् । के साँच्चै भारतमा बाघ र साँपहरु बढी मात्रामा छन्
होईन मैले हाँसेर भनें यस्तो भए त्यहाँका मानिसहरु कसरी बस्न सक्थे
केटीले लामो सास तानी । उसले भनी कुनै भारतीयलाई भेटे त यो सबै कुरा सोध्ने थिएँ भनेर आमाले भन्थिन् । यति भनेर केटीले मलाई अनुनयपूर्ण आँखाले हेरी ।
मैले उसको मनको कुरा बुझें । मलाई उसको घरमा लगेर आफ्नी आमासित भेट गराउने उसको इच्छा थियो । तर उसले आफ्नो इच्छा व्यक्त गर्ने सहास गरिनँ ।
ती दिन दुःखी आमालाई भेट्न मलाई पनि इच्छा लाग्यो । यस देशमा गरीबहरु कसरी बस्छन् र के सोच्छन् त्यो पनि हेर्ने मेरो इच्छा थियो ।
केटीलाई मैले भनें मलाई तिम्रो घरमा लान्छ्यौ आमासित परिचय गराउँछ्यौ ।
यो सुनेर केटीका आँखा कृतज्ञताले चम्के । उसले भनी तपाईलाई धेरै धेरै धन्यवाद । अहिले जानुहुन्छ
खुशीसित
तपाईको काममा कुनै बाधा त पर्दैन
बाधा पर्दैन । दिउँसो मेरो फूस्रद छ ।
केटी खुशी भई । खाना खाईसकेर हामी दुबै उठ्यौं ।
मेरो नाम एलिस मार्गरेट क्लिफोर्ड हो ।
कति राम्रो नाम रहेछ । मैले भनें ।
यसरी कुरा गर्दै हामी सेन्ट मार्टिन्स चर्चमा पुग्यौं । त्याहाँबाट च्यरिगं क्रसतिर लाग्यौं । बाटोमा ठूल्ठूला बसहरु गुडिरहेका थिए । फुटपाथमा उभिएर मैलै भनें आउ यहाँ बस पर्खौ ।
केटीले भनी पैदल हिड्दा तपाईलाई आपत्ति छ
छैन । तर तिमीलाई दुःख हुदैन मैले भनें
म त सधै िहंडेर घर जान्छु ।
बाटोमा जाँदा मैले ऊ कहाँ काम गर्छे भनेर सोधें ।
उसले भनी म सिभिल सर्विसमा टाईपिस्टको काम गर्छु । बेलुकी सधैं म यो बाटो आउँछु । आज शनिबार भएको हुनाले छिट्टै छुट्टी भयो ।
कुरा गर्दै हामी वेस्टमिनीस्टर बि्रज पुग्यौं । मैले भनें तिमीलाई के भनेर बोलाउँ एलिस कि मिस क्लिफोर्ड
अलि अलि हाँस्दै उसले भनी म अहिले ठूली भएकी छैन । तपाईले जे नामले बोलाए पनि हुन्छ । अरुले मलाई मेगी भन्छन् ।
के तिमी ठूली हुन चाहन्छ्यौ
अँ ।
किन
ठूली भएपछि म धेरै कमाउन सक्छु । मेरी आमा बुढी भईसकिन् ।
तिमीलाई अहिलेको काम मन पर्दैन
अहँ मलाई बुद्धि लगाउनुपर्ने काम मन पर्छ जस्तै सेक्रेटरीको काम । अहिलेको काममा त बुद्धि लगाउनु पर्दैन ।
हामी पुलदेखि पारी ल्याम्बेथमा पुग्यौं । यो गरीबहरुको गाउँ हो ।
मेगीले भनी सेक्रेटरी भएँ भने आमालाई यहाँबाट अर्कै ठाउँमा लान्छु ।
अन्त्यमा हामी एउटा साँघुरो ढोकाको सामु आईपुग्यौं । मेगीले ढोका खोली अनि भित्र गएर मलाई भनी आउनोस् ।
म भित्र पसेपछि मेगीले ढोका थुनी । भर्यागंमा चढेर ऊ कराई आमा तिमी कहाँ छ्यौ
तलबाट आवाज आयो छोरी म भान्छाघरमा छु । आइज ।
मेगीले भनी आमा तिमीलाई भेट्न एकजना भारतीय सज्जन आएका छन् ।
वृद्धाले भनिन् कहाँ छन् उनी
म मेगीको पछि पछि लागें । उसले हाम्रो परिचय गराई यहाँ मिस्टर गुप्त हुनुहुन्छ । उनी मेरी आमा ।
खुशी लाग्यो भनेर मैले हात फैलाएँ । मिसेज क्लिफोर्डले भनिन् माफ गर्नुहोला मेरो हात सफा छैन । यति भनेर उनले हात फैलाएर देखाईन् । उनले भनिन् आज शनिबार हो केक बनाउँदैछु । बेलुकी मानिसहरु केक किन्छन् । शनिबार बेलुकी हामी सधै केक बिक्री गर्छौं । यसरी दुःख सुखसित जीवन बितिरहेछ ।
गरीबहरुको टोलमा शनिबारको रात एउटा उत्सवकै दिन हुन्छ । सडकमा ठेलागाडीमा बत्ती बालेर असंख्य मानिसहरु मालताल बेच्दै हिड्ँछन् । यति बेला बाटामा निकै भिड हुन्छ । गरीबहरुको निम्ति शनिबार खर्च गर्ने दिन हो । किनभने यसैदिन उनीहरुले हप्तावारी तलव पाउँछन् ।
टेबलमा मैदा नौनी किसमीस अण्डा आदि केक बनाउने सामान थिए । एउटा टिनमा बनाईसकेका केक पनि थिए ।
मिसेज क्लिफोर्डले भनिन् गरीबको भन्छाघरमा बस्न तपाईलाई मन पर्छ मैले काम सकें । मेगी तैंले उहाँलाई बस्ने कोठामा लैजा म आउँदैछु ।
मैले भनें होईन होईन मलाई यहाँ आराम छ । तपाईले राम्रो केक बनाउनुहुँदो रहेछ ।
मिसेज क्लिफोर्डले हाँसेर मलाई धन्यवाद दिईन् ।
केक तयार गर्दै उनले सोधिन् भारत कस्तो ठाउँ हो
भारतवर्ष खुबै सुन्दर देश हो ।
त्यहाँ केही डर छैन
छैन यहाँ जस्तो त्यहाँ चिसो छैन । त्यो त गरम देश हो ।
के त्यहाँ सर्प बाघ धेरै हुन्छन् तिनीहरुले मानिसलाई हानी गर्दैनन्
मैले हाँस्दै भनें यी सब कुरामा विश्वास नगर्नुहोस् । सर्प र बाघ त जंगलमा बस्छन् । मानिस बसेको ठाउँमा आउँदैनन् । आईहाल्यो भने नि मानिसले मारिहाल्छन नी ।
मेरो छोरो पंजावमा छ । ऊ फौजमा काम गर्छ । पंजाब कस्तो ठाउँ हो
पंजाब खुबै राम्रो ठाउँ हो । त्यहाँ बिरामी हुने डर पनि छैन । त्यहाँ स्वास्थ्य खुबै राम्रो रहन्छ ।
मिसेज क्लिफोर्डले भनिन् यो सुनेर मलाई खुसी लाग्यो ।
उनले केक बनाईसकिनु र छोरीलाई भनिन् मेगी मिस्टर गुप्तलाई माथि लैजा म हात धोएर चिया बनाएर ल्याउँछु ।
म मेगीको पछि पछि बैठकमा पुगें । त्यहाँ सामानहरु कम थिए भुइँमा ओछ्याईएको कार्पेट पनि पुरानो भइसकेको थियो ठाउँ ठाउँमा फाटेको थियो तर सबै सफा थियो ।
केही बेरपछि मिसेज क्लिफोर्डले चिया लिएर आईन् । चिया पिउँदै मैले भारतबर्षको कुरा सुनाउन थालें ।
मिसेज क्लिफोर्डले आफ्नो छोराको एउटा फोटो देखाईन । यो फोटो भारतबर्ष जानु अघि लिइएको थियो । उनको छोराको नाम प्रुा_िन्सस थियो । मेगीले एउटा एलबम निकाली । त्यसमा सिमलाका पहाडका फोटाहरु थिए । भित्रको पृष्ठमा लेखिएको थियो जन्मदिनको उपलक्ष्यमा मेगीलाई्र प्यारो दाजु प्रुा_िन्ससको उपहार ।
मिसेज क्लिफोर्डले भनिन् मेगी मिस्टर गुप्तलाई यो औंठी देखा त ।
मेगीले भनी यो जादुको औंठी हो । एउटा योगीले प्रु_िन्ससलाई दिएको थियो । यति भनेर उसले औंठी निकाली । उसले सोधी के तपाई जोखना हेर्न जान्नुहुन्छ
औंठीबाट धेरैकुरा जान्न सकिन्छ भन्ने त मैले पनि सुनेको थिएँ । मैले औंठी हातमा लिएर हेर्न थालें । औंठीमा स्फटिक जोडिएको थियो ।
मिसेज क्लिफोर्डले भनिन् यो पठाउँदा प्रुा_िन्ससले लेखेको थियो एकाग्र मनले यो स्फटिकमा टाढा गएको मानिसलाई सम्झेर हेरे उसको विषयमा सबैथोक जान्न सकिन्छ । योगीले यो प्रुा_िन्ससलाई भनेको थियो । धेरै दिनसम्म प्रुा_िन्ससको खबर नआउँदा मैले र मेगीले यसमा निकै बेर ध्यानसित हेरॆक थियौं तर केही देखिएन । एकपल्ट तपाई हेर्नुहोस् त । तपाई हिन्दु हुनुहुन्छ शायद सफल हुनसक्नुहुन्छ ।
मलाई थाहा भयो अन्धविश्वास खाली भारत बर्षमा मात्र सिमित छैन । यो त पितलको साधारण औंठी थियो । तर उनीहरुको विश्वासलाई मैले तोड्न सकिन ।
मिसेज क्लिफोर्ड र मेगीको आग्रहले मैले औंठीलाई हातमा लिएर स्फटिकलाई हेर्न थालें । अन्त्यमा उनीहरुलाई त्यो औंठी िदंदै भने मैले त यसमा केही देखिन । आमा छोरी दुबै यो सुनेर दुःखी भए ।
साँझ परिसकेको थियो । म उनीहरुसित बिदा भएर हिँडे ।
तीन महिना बिते । यसै बिच म कतिपल्ट मेगी सित गएर उसकी आमालाई भेटेको थिएँ । एकदिन मेगीलाई जू गार्डेन घुमाउन लगें । त्यहाँ मेगी अरु केटीहरुसित हात्तीमा बसी । हात्तीमा चढ्दा उ अत्यन्त खुसी थिई ।
तर अझसम्म उसको दाजुको केही खबर आएन । एकदिन मिसेज क्लिफोर्डको अनुरोधमा इन्डिया अफिसमा गएर सोद्धा थाहा भयो सिमा प्रान्तको युद्धमा प्रुा_िन्ससको पल्टन गएको छ । यो सुनेर मिसेज क्लिफोर्ड अत्यन्त चिन्तित भईन् ।
एकदिन बिहान मेगीले लेखेको पोष्टकार्ड पाएँ । उसले लेखेकी थिई पि्रय मिस्टर गुप्त
मेरीआमा एकदमै बिरामी छिन् । एक हप्तादेखि म काममा गएकी छैन । कृपा गरेर तपाई आईदिनुभए म अत्यन्त कुतज्ञ हुने थिएँ ।
मेगी
म जुन घरमा बस्थे त्यहाँ मैले मेगी र उसकी आमाको बिषयमा कुरा गरेको थिएँ । बिहान खाजा खाँदा मेगीले पठाएको चिठीको विषयमा भनें ।
गृहिणीले भनिन् तिमी जाँदा अलिकति पैसा साथमा लिएर जाऊ । केटी सातादेखि काममा गएकी छैन । तलब पनि पाएकी छैन । उनीहरुलाई अहिले दुःख होला ।
खाजा खाईसकेर म केही रुपियाँ बोकेर हिँडे । घर पुगेर ढोका ढक्ढकाएँ । मेगीले ढोका खोली ।
उसको अनुहार खस्केको थियो । आँखा भित्र पसेका थिए । मलाई देखेर उसले भनी मिस्टर गुप्त तपाईलाई कसरी धन्यवाद दिउँ
मैले सोधें तिम्री आमा कस्ती छिन्
मेगीले भनी अहिले उनी सुतेकी छिन । उनी एकदमै बिमारी छिन् । डाक्टरले भनेको छ प्रुा_िन्ससको केही खबर नआएको हुनाले चिन्ताले उनको रोग बढेको हो । सायद उनी बाँच्दिनन् । मैले मेगीलाई सान्त्वना दिन थालें । आफ्नो रुमालले आँसु पुछिदिएँ ।
केही स्वस्थ भएर मेगीले भनी म तपाईसित एउटा भिक्षा माग्छु ।
मैले भनें के हो मेगी
बैठकमा आउनुहोस् अनि भन्छु ।
हामी हिँडेको आवाजले बिरामी बिउँझन्छिन होला भनेर हामी खुबै सावधानीसित बैठकमा आयौं । कोठामा उभिएर मैले सोधें के कुरा हो मेगी
मेगीले आकुल नेत्रले मलाई केहीबेर हेरीरही । म प्रतिक्षा गरिरहें । अन्त्यमा मेगी केही भन्न नसकेर दुबै हातले मुख छोपेर रुनलागी ।
म मुश्किलममा परें । यो केटीलाई के भनेर सान्त्वना दिउँ उसको दाजु सिमाप्रान्तको लडाइँमा मरे कि बाँचे भगवान् नै जानून् । यस पृथ्वीमा उसकी एउटी आमा मात्र छन् । आमा मरिन् भने उसको के दशा होला यो यौवनोन्मुखी बालिका यस लण्डन शहरमा कसरी उभिन्छे
मैले मेगीको मुखबाट बिस्तारै हात हटाएँ । मैलै भने मेगी तिमी के भन्न चाहन्छ्यौ । मबाट केही उपकार हुन सक्छ भने म निश्चय गर्छु ।
मेगीले भनी मिस्टर गुप्त म तपाईसित जे प्रस्ताव गर्छु त्यो सुनेर तपाई के सम्झनुहुन्छ त्यो म जान्दिनँ । मेरो प्रस्ताव ठिक छैन भने माफ गर्नुहोला ।
के हो कस्तो प्रस्ताव
हिजो दिनभरि आमाले के भनिन् भने मिस्टर गुप्त आएर त्यो स्फटिकमा राम्ररी हेरिदिए त प्रुा_िन्ससको केही खबर थाहा पाउँथे कि । उनी त हिन्दु हुन् । यसैले मैले तपाईलाई चिठी लेखेकी हुँ ।
तिम्रो इच्छा भए त्यो औंठी ल्याउ म फेरी हेर्ने कोशिस गर्छु ।
मेगीले आकुल स्वरमा भनी यस पटक निस्फल हुनुभयो भने
मैले मेगीको मनको भाव बुझें । जानेरै म चूप बसें ।
मेगीले भनी मिस्टर गुप्त हिन्दुहरु खुबै सत्यपरायण हुन्छन् भन्ने कुरा मैले पुस्तकमा पढेकी छु । तपाई्रले स्फटिकमा हेरेर आमालाई प्रुा_िन्सस जाति नै छ भन्नुभयो भने त्यो पाप हुन्छ अन्याय हुन्छ
यति भन्दा भन्दै मेगीका आँखाबाट आँसु बरबरी खस्न थाले । म केही बेर सोचिरहें । मैले मनमनै बिचार गरें म धर्मात्मा त होइन । यस जीवनमा मैले धेरै पाप गरेको छु । आज यो पाप पनि गर्छु । यो मेरो सबैभन्दा सानो पाप हुनेछ । मैले भनें मेगी तिमी चुप हौ नरोऊ । कहाँ छ त्यो औंठी एकपल्ट हेरौं त । त्यसमा केही देखिएन भने तिमी जे भन्छौ म त्यही गर्छु । यदि त्यो अन्याय भयो भने भगवान्ले मलाई रक्षा गरुन् ।
मेगीले औंठी ल्याएर मलाई दिई । मैले त्यो औंठी हातमा लिएँ । मैले भनें जाउ त हेर आमा उठ्नुभयो कि
पन्ध्र मिनेटपछि मेगी आई । उसले भनी आमा उठीछन् । तपाई आएको कुरा मैले उनलाई भनें ।
अहिले म उनलाई भेट्न सक्छु ।
आउनुहोस् ।
म वृद्धाको रोगशैयाको छेउमा गएँ । मेरो हातमा त्यो औंठी थियो । मैले उनलाई नमस्कार गरें र भनें मिसेज क्लिफोर्ड तपाईको छोरा जाती नै छ ऊ जीवित छ ।
यो सुन्नेबित्तिकै वृद्धाले सिरानबाट अलिकति टाउको उठाईन । उनले भनिन् के यो स्फटिकमा देख्नुभयो
मैले निसंकोच भनें ज्यू मिसेज क्लिफोर्ड मैले यही स्फटिकमा देखें ।
वृद्धाले फेरी टाउको सिरानमा राखिन् । उनका आँखाबाट आनन्दका आँसु खस्न थाले । उनले अस्फुट स्वरमा घरिघरी भनिन् भगवान्ले तपाईको भलो गरुन् ।
मिसेज क्लिफोर्ड समय नजिक आयो । पहिला सोचें लेबेन्थ गएर मेगी र उसकी आमलाई भेटुँ कि । तर उनीहरु अहिले शोकमा परिरहेका छन् । सिमाप्रान्तको लडाँइमा प्रुा_िन्सस मारिएको थियो । केहीदिन अघि कालो बोर्डर भएको चिठीमा मेगीले मलाई समाचार लेखेकी थिई । मैले हिसाब गरेर हेरें । जुनबेला मैले मिसेज क्लिफोर्डलाई उसको छोरा जाती छ जीवित छ भनेको थिएँ । त्यसको अघिनै प्रु_िन्ससको मृत्यु भइसकेको थियो । यही कारणले मिसेज क्लिफोर्डको सामु जान मलाई लाज लागेको थियो । यसैले मैले एउटा चिठी लेखेर मेगी र उसकी आमासँग बिदा मागें ।
अन्तमा लण्डनमा मेरो अन्तिम दिन थियो । म अब आफ्नो देशतर्फ यात्रा गर्न लागेको थिएँ । म बसेको घरमा सबैसित बसेर बिहानको खाजा खान लागेको थिएँ । त्यतिबेला बाहिर ढोका ढकढक गरेको आवाज आयो ।
केही बेर पछि नोकर्नीले आएर भनीं मिस्टर गुप्त तपाईलाई भेट्न एउटी केटी आएकी छ ।
म उठेर बस्ने कोठामा गएँ । त्यहाँ कालो पोशाकमा मेगी उभिएकी थिई । मैले मेगीलाई बस्ने आग्रह गरें । मेगीले भनी तपाई आज जानुहुन्छ
हो मेगी आज मेरो जाने दिन हो ।
देश पुग्न कति दिन लाग्छ
दुई हप्ता जति लाग्छ ।
तपाई उहाँ कहाँ बस्नुहुन्छ
म पंजाब सिभिल सर्भिसमा बस्छु ।
त्यहाँबाट सिमाप्रान्त निकै टाढा छ
त्यति टाढा छैन ।
डेरागाजीखाँकै छेउमा प्रुा_िन्ससको चिहान छ । त्यति भन्दै उसका आँखा आँसुले भरिए ।
मैले भनें म उता पुगेपछि तिम्रो दाजुको चिहानमा गएर तिमीलाई चिठी लेख्नेछु ।
मेगीको अनुहार कृतज्ञताले उज्यालो भयो । उसले मलाई धन्यबाद दिई । उसको गला अवरुद्ध भयो । उसले खल्तीबाट एक शिलिगं निकालेर मेरो सामु राखेर भनी तपाई जानुभयो भने एक शिलिगंको फूल किनेर मेरो दाजुको चिहानमा चढाइदिनुहोला ।
मैले बिचार गरें । बालिकाले खुबै दुःख गरेर कमाएको पैसा फर्काईदिउँ कि । अनि भनिदिउष कि हाम्रो देशमा फूल सबै ठाउँमा पाइन्छ पैसा दिएर किन्नुपर्दैन ।
तर फेरी बिचार गर्न थालें त्यस त्यागको सुखबाट बालिकालाई किन बन्चित गरुँ । यो उसले बडो मेहनत गरेर कमाएको पैसा हो । आफ्नो दाजुको प्रेमको नाममा यो त्याग गर्न उ तयार छ । त्यागको त्यो सुख अमुल्य छ । यस सुखले विरह तप्त हृदय केही शीतल हुन्छ । उससलाई त्यसबाट बन्चित गर्नमा के लाभ छ यही बिचार गरेर मैले शिलिगं उठाएँ ।
मैले भनें मेगी म यो पैसाले फूल किनेर तिम्रो दाजुको चिहानमा चढाईदिन्छु ।
मेगी उठी । उसले भनी म तपाईलाई कसरी धन्यवाद दिउष मेरो काममा जाने समय भयो । गुड बाई । चिठी लेख्नुहोला । मैले उठेर मेगीको हात समाएँ ।
मैले भनें गुड बाई मेगी गुड बाई । उ गई्र ।
आँखाका दुईथोपा आँसु पुछेर म सामान मिलाउन गएँ ।
समाप्त
सभार पुस्तक : बिश्वका उत्कृष्ट १० कथाहरु
2 comments:
I like the story.. Mother is always cares her children no matter she is from Europe of Asia or America...
This is nice but tragedic strory...
Good Luck
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:
Post a Comment