Sunday, April 15, 2007

जिन्दगीको यौटा यस्तो "गजल"

जिन्दगीको यौटा यस्तो भूलजस्तो मेरो कथा ।
नदीबीच बालुवाको पुलजस्तो मेरो कथा ।

यति सुन्दर बिहानीलाई कसले दागा धरिगयो
सधैँ मौन बसिदिने फूलजस्तो मेरो कथा ।

मेरै सामु हतियारले सुसज्जित छन् मित्रहरु
खुकुरीलाई सहिदिने तुलजस्तो मेरो कथा ।

व्यंग्य सुन्दा रमाउँदै धेरैधेरै हाँसेपछि
मुटुभरि बल्झिदिने शूलजस्तो मेरो कथा ।

धमिलो छ आजभोलि आँसु पनि धमिलो छ
सुकिजाने सँग्लो-सँग्लो मुलजस्तो मेरो कथा ।

लेखक: -चंकी श्रेष्ठ

2 comments:

सहयात्री said...

La la dami rahechha ho Chanki Shrestha Ji ko gajal In fact I think he is one of the best gajal writers..

Anonymous said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: