गाँठा, फुकाउन गाह्रो , अल्झेको धागो रै'छ
जीवन यो भूसभित्रै सल्केको आगो रै'छ
हाँसोको पात्र यहाँ म मात्र पो भएँछु
सोझो थियो सवैथोक तर भाग्य बाङ्गो रै'छ
जुन रुखको त्यो भरमा मच्चेर पीङ खेलें
बज्रेर भुइंमा थाहा भो सुकेको हाँगो रै'छ
यी पीरहरूको भारी जहाँ जहाँ बिसाएँ
चौतारी जस्तो लाग्थ्यो तर भीर छाँगो रै'छ
मान्छेले के के भन्छन् कति बुझिस् 'पहाडी'
अनुहार सबैको राम्रो बिचार नाङ्गो रै'छ
लेखक: -रामबहादुर पहाडी
साभार: रचना वेब पत्रिका
No comments:
Post a Comment