लेखकः सुरज गिरी "सहयात्री"
सापिगं ३ काभ्रे
निरंकुश शासनलाई जरैदेखि फाल्न अब
कोही धनी अकाश छुने कोही चाँही चिसो भुइँमा
समानता र आदर्शको न्यानो आगो बाल्न अब
दुई सय सैँतीस बर्षे निरंकुशता हटाउन
चेस जित्ने खेलाडी झैँ नयाँ गोटी चाल्न अब
भित्ता भरि प्वालै प्वाल छानो पनि चुहेकोछ
यीनै पीर मर्कालाई समझदारीमा टाल्न अब
गणतन्त्र नी आउँदैछ केही समय धैर्य गर
'कु' शासन र कुरितीको बुढो रुख ढाल्न अब
हाल ः नेदरल्याण्ड
No comments:
Post a Comment