Thursday, January 3, 2008

भन्थे- सुन्थेँ

लेखक: -दिनेशराज पुरी
सुनारपानी -९ रामेछाप

भन्थे- सुन्थेँ निष्ठुरीको याद भुल्न गाह्रो हुन्छ ।
बल्झी-बल्झी दुख्छ मुटु लात भुल्न गाह्रो हुन्छ ।।

खोज्छु र नि किन-किन स्पर्शका झोक्का बढाई ।
सुम्सुम्याउने गालामा यी हात भुल्न गाह्रो हुन्छ ।।

बनिसकिन पराइकी तर अझै किन मलाई ?
वर पिपल भै बसेको साथ भूल्न गाह्रो हुन्छ ।।

सपनीमा उनी सँगै निदाएको उही पुरानो ।
सम्झी अतीत आज एक्लै रात काट्न गाह्रो हुन्छ ।।

विरक्तका शब्द पुर्दा उनैलाई केन्द्र मान्दै ।
पौडिए'नि गजलमा मात भुल्न गाह्रो हुन्छ ।।

हाल: आर आर क्याम्पस दोस्रो वर्ष

No comments: