किन किन मलाई बिदेश आएपछि यस्ता खालका गीत संगीतले धेरै झक्झक्यायो । बिदेशको वास्तविकता हेर्ने् हो भने यो गीतले आफै वर्णन गरेको छ । यो गीत धेरै मार्मिक छ तर यो विराने मुलुकमा बस्न कसैकसैलाई रहर नभएर वाध्यता पनि भएको रहेछ । सुन्नुहोस गीत:
फर्केर आउँछु भनेर गा'थ्यौ फर्केर आएनौ
ठूलीको मन तिम्ले लग्याथ्यौ फर्केर आएनौ
आफु लाई बिर्सि गरेर सधै काम बिदेशमा
कमायौ होला तिमिले धेरै दाम बिदेशमा
सुनको थालमा चाँदीको चामल पकाई खान्छौ कि
अब त गाउँ भरिमा धनी आफुलाई ठान्छौ कि
बर्षीको छोरो छोडेर गाथ्यौ बाह्को भएछ
ठुलीको बैंस तिमी बिना नै ढल्केर गएछ
आउँछ की छोरो भनेर बर्षौ पर्खेर बसेछन्
तिम्रो नाम लिदै बाबा र आमा पोहोर साल बितेछ्न्
देबीलाई कालो बोको भाक्याथ्यो फर्केर आएनौ
ठूलीको मन तिम्ले लग्याथ्यौ फर्केर आएनौ
पैसाले किन्न पाइने सबै पाइन्छ त्यो संसारमा
पैसाले किन्न नपाउने चाँही पाइन्छ यो संसारमा
छोराले बाबा भन्दाको खुशी किनेर पाईदैन
ठूलीको हातको गुन्द्रक र भात त्यो पनि पाईदैन
रातमा पनि दिन जस्तै होला त्यहाँको शहर
बत्ती बलेनी अध्याँरो छ गाउँको त्यो घर
घर वरिपरि फूलहरु फुल्छन् फूलमा रङ छैन
तिमी बिना ठूलीलाई घरमा बस्न नै मन छैन
छोराले चिठी लेखि पठाथ्यो फर्केर आएनौ
No comments:
Post a Comment