लेखकः राकेश कार्की
अमेरिका आउनासाथ मस्ती कहाँ हुन्छ यहाँआउनेलाई था छ परिवेशले कसरी थुन्छ यहाँ
लोग्ने छोडी आउने स्वास्नी छोडी आउने
बच्चा छोडी आउनेको मन सधैं रुन्छ यहाँ
काम माथी काम गोरु ज्ााेतीए झैं सधैं
पठाउने डलरलाई रुपैंयाले गुँन्छ यहाँ
गर्न लाज आफ्नो देशमा यहाँ गर्नु पर्ने
उताको धक्कु र बखान कल्ले सुन्छ यहाँ
विरामी परेँ ऐया मरँे इन्सुरेन्स पनि छैन
नेपाली मायालु हातले कल्ले छुन्छ यहाँ
यता देख्छ उता देख्छ फ्यामीली सँगसँगै
आफ्नो परीवार ल्याउने सपना बुन्छ यहाँ ॥
लस एन्जेलस्
1 comment:
This is reality Rakesh ji, you are writing really great gajals.. keep it up
Post a Comment