लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर
आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर
मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर
मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर
फुल्छ्यौ भन्ने लाग्याथ्यो, मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर
हाल: कोलोराडो अमेरिका
No comments:
Post a Comment