सूर्यराज गिरी
यसपाली नि बाआमाको टिका लाउन नपाईने भो
तिहारमा नि देउसी भैलो खेल्न नपाईने भो
परदेशमा बस्दा बस्दै आधि उमेर ढल्कीगयो
यता आउँदै चुहेको छानो अझै छाउन नपाईने भो
खेतबारी बाँझै छ रे आफू परदेश लागेपछि
बुढा भए घरका बहर अझै दाउन नपाईने भो
बुढो हड्ड् कति घोट्छन् बरा बाबाआमा
छोरो भईकन पनि सघाउन नपाईने भो
No comments:
Post a Comment