Tuesday, March 16, 2010

डेरा सरेको सूचना ।

साहित्यानुरागी साथीहरुमा धेरै लामो सयमपछि धेरै धेरै साहित्यिक अभिवादन । मैले ब्लगबाट शुरु गरेको यो यात्रालाई धेरैले मन पराईदिनुभएकोमा हार्दिक धन्यवाद । यहाँहरुको अथाह मायाँ पाएर आज हामीले आफ्नै घर बनाउन सफल भएका छौँ । अब ब्लगमा मात्र सिमित साहित्यानुराग छापा तथा आफ्नै वेबसाइटमा प्रकाशित हुन लागेको कुरा जानकारी गराउन पाउँदा एकदमै हर्षित छु । सहित्यानुराग मैले शुरु गरेकी भएपनि अहिले छापा माध्यमबाट प्रत्येक ३/३ महिनामा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज नेदरल्याण्ड च्याप्टर मार्फत प्रकाशन भईरहेको छ । यहाँहरुका अमूल्य लेख रचनाहरुलाई पनि हामी सो पत्रिकामा प्रकाशित गराउने जमर्कोमा छौँ । त्यसैले यदि सकिन्छ भने यहाँहरुले हामीलाई आफ्ना लेख रचनाहरु पठाउँदा सकेसम्म प्रीति फन्टमा पठाउनुहोला । युनिकोडमा हामी आफै रुपान्तरण गरेर साहित्यानुरागको वेबसाईटमा राखिदिनेछौँ । अवश्यपनि हामीलाई आफ्ना लेख रचनाहरु पठाउन नभुल्नुहोला । हाम्रो नयाँ वेवसाईटमा जानको लागि यहाँ साहित्यानुरागमा क्लिक गर्नुहोला । धन्यवाद । 

अम्बिका गिरी

No comments: