Thursday, October 3, 2013

मुक्तकहरु

                        
धेरै धेरै लेखेकोथेँ हामी दुइको गीत
हार जती मलाई उनको भागमा जीत 
तुसारो कक्रिएझैँ जम्यो मेरो दिल
अस्ताउछन जून पोल्न थाल्छ शीत !

आफ्नै टुक्र्याएर कसरी पो खुशी हुनु 
बेदनाका आसुँहरु बिरहले कती धुनु 
आफ्नो मान्छे आफ्नो हुन्न दु:ख पर्दा यहाँ 
मनको बह मेटाउन कसको सामु रुनु ?

जून झर्दा आँगनीमा हजुर आईदिए
जीवनका खुशी छानी मायाँ लाईदिए
यथार्थमै धन्य हुन्थ्यो हाम्रो जीवन सँधै
हजुरको दिलमा मैले बास पाईदिए !

खपेर हजारौँ पीडा सुम्पिएर बस्यौ जीवन
नपोखेर ब्यथाहरु गुम्सिएर बस्यौ जीवन
साँच्चै महान छौ तिमी, मामातकी खानी
अरुलाई खुशी पार्न आफू सँधै खस्यौ जीवन


के चाँही गर्दा तिमीलाई गुनी देख्छौ मलाई
तिम्रो मन बदलेर साँच्चै हुनी देख्छौ मलाई
तिम्रा ती नजरहरुमा सँधै छारो पर्छ कि त 
बिना बित्था किन सँधै खुनी देख्छौ मलाई ?


न सिमा भेटियो आकाशको न हाम्रो मायाँको 
न गन्तब्य भेटियो जीवनको न आफ्नै छाँयाको
उदेश्य बिहीन जीन्दगी भौंतरीरहेछ यता र उता 
न भइयो दायाँको न त कहिले भइयो बायाँको !

मुस्किलले जिउदै छु म परदेशमा तिम्रो अभावमा 
जुन पीडा पोख्छु तिमीलाईउही पाउछु जवाफमा 
उता धड्किदा छाती यता चल्छ सँधै आँधीबेहरी 
कतिन्जेल पो बाँच्ने हो जीवन सपनाको बहावमा

तिमी थिएनौ भने जीन्दगीको, यो संघर्ष बेकार हुनेथियो 
खाली कागजमै अर्थबिहिन, सँधै मात्र केरकार हुनेथियो
गाउँथे होलान् दुनियाँ गीत, हेरेर म दुखीको मेरो तमासा
मरे भने म अकालमै, शिर्षक बिनाको समाचार हुनेथियो

Surya Raj Giri


1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।