Friday, April 20, 2007

पखेरीले हेरिराछन् "गीत"

पखेरीले हेरिराछन् चौतारीले कुरीराछन्
परदेशीको हालखबर देउरालीले सोधीराछन्

गाउँघरले खोज्दै थिए तिम्ले उनलाई सोधेनौ रे
बुढी आमा सँधै रुन्छिन उनको मायाँ बुझेनै रे
साथी भाई जिज्ञासु छन् कस्तो भयो परदेशी
तिमी बिना हाँस्न छोड्यो तिम्रै प्यारो गाउँबेसी

तीज आयो तिहार आयो दिदीबहिनी हाँसेनन् खै
तिम्रो खबर नपाएर मखमली नि गाँसेनन् खै
साथी भाई सोध्छन् अरे तिम्री उनलाई पँधेरीमा
आशाको यो दियो जलाई कुरिराछिन् अँधेरीमा

लेखिका: -अम्बिका गिरी

3 comments:

Ajaya said...

Nice song, Ambika Ji.I read it twice.

Raj Shrestha said...

dherai ramro chha ambika ji...
wishing you best of luck.

Anonymous said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: