Friday, April 27, 2007

साँझ पखको समाचार पछि

पहिल्यै एकपल्ट परदेशीएका मनहरु
अर्को पल्ट फेरि गाउँ छोड्न रुचाउँदैछन्
उहि थुकेका साँढेहरुको
नेतृत्व अझै देखे पछि
स्वतन्त्रता भीत्र निरंकुश बाँचिरहेको म ।

झण्डै एक खड्कुँडो
सन्त्राश भीत्र बाँचे म
खाडल भर्ने मन थिएन त्यसैले
पर कतै एक हुल बुटहरुको आवाज सुन्दा
अर्कै बाटो तर्किनु पथ्र्यो सकेसम्म
टाउकोमा रातो कपडा बाँधेकाहरुको निम्तोमा
नगई हुन्थेना
आज ती दिन त गए
तर सम्झौताहरु कहिल्यै नढल्ने स्फटिक होईनन्
हुन सक्छ सम्झौता एउटा नाटक मात्र
जन्माउन सक्छ नियतिले त्यस्तै दिन फेरि
शंका गर्ने बाटाहरु कम्ती छैनन्

बरु अब, सान्नानीको मायाँलाई मुटुमा अठ्याएर
वा सथमै लिएर उसलाई
गाउँको मायाँ लाई कट्टुसको कापमा छोडी
सिमानाहरु काट्नु पर्ला
त्यसै पनि आफ्नाहरु आफ्ना जस्ता छैनन् यहाँ ।।
लेखक: -परिहास
-कैले देश, परदेश कैले
टुंगो बेटुंगो -parihass_subba@yahoo.com

3 comments:

सहयात्री said...

Its great poem according to the current situation of Nepal. Thanks Parihas ji, Keep on writinig...
Good Luck

Anonymous said...

kabita ramro lagyo

Anonymous said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: