मलाइ पनि चाँडो अमेरिका तान्न साथी
अप्ठेरो पर्यो यता परीवार धान्न साथी
मित्र दौँतरी हर्ेदा हर्ेर्दै सप्पै उँभो लागे
म झन् उँधो किनकी घुस खान्न साथी
अति दर्ुगम सरुवा मंत्री कहाँ नधाउनाले
दिन्छु तलब चन्दा पर्दो रैछ मान्न साथी
देशमै दुःख सहँु या विदेश गै पैसा पठाउँ
साह्रै गाह्रो पर्यो ठीक बेठीक छान्न साथी
स्वास्नी, छोराछोरी छोडे भिसा दिन्छ भन्थिस्
भैगो नि त आधा मुटु सँगै लान्न साथी
देश छोडी माया छोडी सकिन्छ त बस्न -
डलरमा आँसु र्झछ भने म त जान्न साथी
लेखक: -राकेश कार्की ,
-लस् एन्जेलस्
साभार: दोबाटो
No comments:
Post a Comment