लेखिका: अम्बिका गिरी
हजुरले छोडे देखी सबै आँखा तर्छन मलाईनानाथरी कुरा झिकी त्यसै गाली गर्छन् मलाई
आफ्न्नो सोझो गर्दा पनि साह्रै गाह्रो भयो यहाँ
सत्य कुरा बोले पनि उसै दागा धर्छन मलाई
नबोले नि सुख छैन, बोल्यो भने झनै गाह्रो
एउटा कुरा के बोलेथे हजार कथा भर्छन मलाई
वरीपरी के हुँदैछ, मलाई केही थाहा हुन्न
केही कुरा जान्न खोजे, केही नभनी टार्छन मलाई
साह्रै गाह्रो हुदो रहेछ आफ्नो मान्छे टाढा हुँदा
छिट्टै फर्की आउनुस् हजुर यिनिहरुले मार्छन मलाई
3 comments:
I don't know how to write a "Gajal" but This one is very nice.
Didee namskar
sarai ramro 6 la
अम्विका दिदी नमस्ते !
हजुरको गजल पढ्दा सारै नरमाईलो लाग्यो । साँच्चै हाम्रो समाजमा अझै पनि नारीप्रति गरिने भेदभाव अनि बुहारी भएपछि हुनुपर्ने अपहेलितले गर्दा हजुरलाई जस्तै धेरै नेपाली नारीहरुले अन्धकारमा जीवन गुजारीरहेका छन् । साँच्चै हाम्रो यो समाजको रूडिबादी हटाउन दिदीहरुजस्ता बुझेका नारीले कम्मर कसेर अगाडि बढ्नु पर्छ होला । एकातिर आफ्नो श्रीमान नहुँदाको पीडा अनि अर्कातिर घर र परिवारको अपहेलनाले गर्दा पिडीत हुनुपरेको हुन्छ । राजकुमार पुरी
Post a Comment