लेखकः सुरज गिरी "सहयात्री"
सापिङ-३, काभ्रे
सबै सन्ततिहरु हातमा हातमा हात मिलाई
भाईचाराको सम्बन्ध गाँसेको देख्न
तर आज यो के भईरहेछ यहाँ
म अनभिज्ञ छु
बुझेकी छैन खास जड कुरा के हो
केही बोल्ने सहास छैन
बोले पनि केही तार लाग्ने देख्दिन
युगौँ देखि कैयौँ चिच्चाएँ कराएँ
तर मेरो यो दर्दनाक पीडामा तिमीहरु
निर्भिक्न हाँसीरह्यौ
मेरो कोख कस्तो हो म आफैले बुझ्न सकिन
खुशी र दुःखको सिमानामा बाँधिएको मेरो मन
सँधै अमिलो छ आखाँ सँधै धमिला छन्
हातमा जंजीर ठोकिएको
कैदी जस्तै शिर उठाउने कुनै लक्षण देख्दिन
रोग भोक र शोकमा म कति तड्पीरहुँ
पराईका गिद्धे दृष्टिमा आफ्नो अस्तित्व लुटिन खोज्दा
तिमीहरु मलाई झनै उदागों पार्न खोजिरहेछौ
आफ्नै आँखा अगाडी छोराले छोरालाई मार्छ
बुहारी सेतो पहिरन स्वीकार्न बाध्य छिन्
छोरीको अस्मितामा सबैले दागा धर्छन
म यस्तो बज्रपात कसरी सहँु
दुःख भुल्न सकिँदैन रे यो सत्य रहेछ
म सँधै दुःखमा छु
सुख र शान्तिको मुहार हेर्न लालाहित मेरा आँखाहरु
सँधै मृगतृष्णा भएरै बाँचिरहे
म यस्तो परिस्थितीमा कसरी रम्न सक्छु
आमा भएकी नाताले मलाई यो सह्य हुन सकेन
बार्ह बर्षसम्म म सधै हजारौँ लास देखि छट्पटाई रहेँ
छोरीका आँखामा बलिन्द्रधारा आँसु हेरीरहेँ
लामो समयको पर्खाईपछि
बल्ल बल्ल अलिकति शान्तिको सास फेर्न पाएकी थिएँ
आँखा ओभानो हुन्छ अब भन्ने आश थियो
तर फेरी आज कुन वैरीको लहलहैमा
अर्को संग्राम चल्दैछ यो
म त्यसै सशंकित छु
आफुनै खुट्टामा बाचरो हानेर
आफ्नालाइृ नै बैरी ठानेर
तेरो र मेरोको होडमा सँधै उँधोगति भईरहेछ
हाम्रो भन्ने भावना तिमीहरुमा नजागेसम्म
तिमीहरुको यो मुख्र्याईँलाई
म पौरुषत्व मान्दिन
आफूले गरेका गल्तीलाई आत्मआलोचना गरी
सुधार गर्दैनौ भने
मानव भएर मानवतालाई चिन्दैनौ भने
आमाको छातीमा रगतको होली खेलेर
तिमीले के हाँसिल गर्न सकौला र
तिमीहरुको यो फोश्रो फूर्तिको युद्धमा
कसले विजयको झण्डा ओडाउन आउँछ
इतिहासका पानाभरि तिम्रै विजयका गाथाहरु थिए
तर आज यही गल्तीको कारणले
सबै नाम निशाना मेटिदैछ
पराईको नजरमा तिम्री आमाको नाममा दाग लागेको छ
पराईको घृणामा बाँच्नु धेरै कठिन छ
त्यही भएर बिन्ति छ तिमीहरुले अब सुन्नैपर्छ मेरो आग्रह
म निश्चिन्त छु तिमीहरु प्रति
आमा न हुँ सँधै सन्तति प्रति आशा लागिरहन्छ
अझै सुधि्रन्छौ कि भन्ने
काँधमा काँध मिलाएर हातेमालो गरेको हेर्ने
मेरो असिम इच्छा छ
अब म केही भन्न सक्दिन
यत्रो विलाप गर्दा पनि तिमीहरु सुन्दैनौ भने
सोच अझै समय छ
हरेक असल कामहरुले खराब कामहरुलाई मेटाउँछ
समयमै सोचेर काम गरे अझै ढिलो भईसकेको छैन
यो मूल्यवान समयलाई खेर जान नदेउ
जब तिमीहरु सबैको मुहार हसिँलो देख्नेछु
त्यही नै मेरो विजय हुनेछ
मेरो कोखलाई म धन्य ठान्नेछु ।
No comments:
Post a Comment