Wednesday, February 27, 2008

बाटो कुर्ने आँखा

लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर

बाटो कुर्ने आँखा लुकेछन कतै हेराइ फेरियो कि
माया रोप्ने मन झुकेछन कतै पराइ बेरियो कि

दिलको चौतारीमा मन डुलाउदा खिलखिलाउथेउ
मुन्टो अब निहुरिएछन कतै देखाई घेरियो कि

चाहको छहारिमा तिमीलाई नै देखे भन्थेउ
आज सबै मेटिएछन ,कतै लेखाइ केरियो कि

मायाको गीतमा पिरतिको संगीत गुनगुनाउथेउ
सुरको ताल फेरिएछ ,कतै गवाइ भासियो कि

भएभरको साधना भात्काइ आगो लगायौ
पिडामा मन जलेछ ,कतै दबाइ नासियो कि

हाल बोउल्देर अमेरिका

No comments: