लेखकः प्रकाश अलोन
भोर्लेटार -६ लम्जुङ
विरक्तिएर तिम्रो नाममा कथा एउटा लेखिएछ!
माया पनि कस्तो लाग्यो नसा भन्दा पनि साह्रो
छिपाइ-छिपाइ राख्दा पनि तिम्रो सामू देखिएछ
माया तिम्रो लाग्छ धेरै भन्दै अझै ढाटछौ कति
तिमीलाई पाउन दुनियामा धेरै देवता भाकिएछ
गयौ तिमि यादै याद मा एक्लै मलाई तड़पाएर
शुभ कामना तिमीलाई सुखी साथी भेटिएछ
दु:खी हेप्छन सबै भन्ने थाहा हुदा पनि
सूमी सूमी .....भन्दै आज तिम्रो नाम जपिएछ
पोको पारी हिंड्दा पनि माया कतै पोखिएछ
विरक्तिएर तिम्रो नाममा कथा एउटा लेखिएछ!
हाल: दोहा कतार
No comments:
Post a Comment