लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर
सानोतिनो कुरामा नि, आशु तुर्काउछौ तिमी
मन सफा भए गंगा, लोटामा पनि अटछ
सन्का पाली लन्का खाने, कुरा हुर्काउछौ तिमी
औशी पूर्णे लाग्छ क्यारे, खुशी हुँदा किन फेरी
उडाएर हाबा भरी, साह्रै फुर्काउछौ तिमी
टलटुले विश्वाशको, के भर हुदो रछ खै
अठठ्याएर किल्किलो, डोरी सुर्काउछौ तिमी
अबोध चेहरा भित्र, कुटिल मन रछ त
राम राम भनी भिर तिर गुर्काउछौ तिमी
अत्मा साक्षी राखेर, कसम खाको भन्थौ त
अतित भुलेर आज, याद खुर्काउछौ तिमी
No comments:
Post a Comment