लेखिका: अम्बिका गिरी
सुख सँग बस्थे यता उता कामै फेरिएछ
सधैं जसो चिसो हुने कस्तो ठाउँ होला
मनोरम यो द्रिश्य हेर्ने उता घामै फेरिएछ
धेरै कमाइ गर्ने आशामा बिदेशिएका थिए उनी
रुपैयालाई बिर्सिएर उनको दामै फेरिएछ
कैले यता कैले उता बस्ने ठेगाना छैन भन्थे
चिट्ठी लेखी पठाउ भने उनको ठामै फेरिएछ
2 comments:
wow! is this pardes ma saila dai ko bhanne choto gajal bhanne ki kabita dherai ramro lagyo.
सोचेको थेँ परदेशमा पैसा रुखमा फल्छ होला ।
यता उता चारैतिर पैसा पवन चल्छ होला ।
स्वाट्ट गयो, ट्याप्प टिप्यो, सोहोरेर खल्ती भर्यो,
"लाहुरे" भइ आएपछि सबको मन जल्छ होला ।
वास्तविकता थाहा पाएँ साउदी अरब आएपछि,
तातो हावा चर्को घाममा खानु हण्डर खाएपछि ।
बैनी भन्छिन् परदेशमा दाईको नामै फेरीएछ,
चित्त सार्है दुखेको छ, यस्तो आरोप आएपछि ।
Post a Comment