लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर
छुराको धार मुटुमा रेटी चलायो को आई
भर्खरै बन्या मायाको घर सजिन नपाउदै
खरानी बनाइ खुशी सबै जलायो को आई
हर्श र उल्लास टुसाको मात्र के थ्यो यात्रामा
फर्कने बाटो नभाको ठाममा छलायो को आई
तिम्रै भरोसा ओढेको थिए जनम भर लाई
आसुको भेल पठाइ जिबन गलायो को आई
अमृत सरी बाणी कती मधुर थियो तिम्रो
सुन्दर संसार बिच बिश फलायो को आई
1 comment:
कुरेरै बसेँ आधारात सम्म आउँछौ कि भनेर,
औसीरात सरी जीबनमा जुन छाउँछौ कि भनेर ।
बिलाई गयौ क्षितिज पारी रोएरै बित्यो रात,
दिएछौ धोका भन्ने भो मनमा, अर्कैको रोजेँ साथ ।
Post a Comment