लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर
प्यासी भा'छु पिउन, बैशको प्याला भरे हुन्छ
बेली चमेली भरी, मनै फुलाई देको छु
छेक्छ कस्ले तिम्लाई, दिलको बाग चरे हुन्छ
पछुताई के होला, समयले नेटो काटेपछी
सुकेपछी झर्नै पर्छ, तनको बास्ना छरे हुन्छ
उजाड छ पहाड, बसाइ सर्न मन भए
मेरो दिलको गाम, बस्ती तिर झरे हुन्छ
खोले फाडो जे मिले, सन्तोष मानी हास्ने भए
खुशी दाईजो दिन्छु, मेरो नै भर परे हुन्छ
3 comments:
भेटेँ अर्कै नयाँ भन्थ्यौ, उता धोका पाईयो कि त,
फसाउँछु सब्लाइ भन्दा अर्को ठक्कर खाइयो कि त ।
आफैँ तर्की टाढा भयौ मलाई बैमान भन्थ्यौ अरे,
चिसो रातमा एक्लै पर्यौ ? उहि ओछ्यान चाहियो कि त
तिम्रै यादमा कल्पीएर रोइरहेँ कैयौँ रात,
चोखो प्रेममा तगारो भो मेरो सानो जात ।
बल्ल बुद्धि फर्किएर क्रान्तिगीत गाईयो कि त,
फसाउँछु सब्लाइ भन्दा अर्को ठक्कर खाइयो कि त ।
निर्दोसिलाई दोस लायौ गल्ती नगरेनी
कसम खाँदै बाचा वाध्यौ भरै नपरेनी
अरुलाई अगांलेर अोछ्यान चिसो भयो भन्छौ
सबै कुरा देखेको छु तिमीले कानमा नभरेनी
आफु पारीयो सोझो नि हो छलछाम केही थेन
डाँडै काटी गयो भन्यौ बसाइ नसरेनी
कहिले पनि भुल्ने छैन तिम्ले देको झुठो बाचा
एक पल्ट सम्झिदिनु मर्दा बुर्की नछरेनी
अरुलाई के भन्नु र मेरै भाग्य खोटो रैछ,
बैगुनीलाई माया गरेँ, मेरै बुद्धि छोटो रैछ ।
त्रि्रै तस्विर दिलमा राखी पूजेँ दिलको देउता भनी,
भ्रममा आखिर म नै रैछु , धोकेबाजको फोटो रैछ ।
तिम्ले घात गर्दापनि तिमीलाई नै कुरीबसेँ,
एकोहोरो माया गर्नु मेरै बुद्धि मोटो रैछ ।
अरुलाई के भन्नु र मेरै भाग्य खोटो रैछ,
बैगुनीलाई माया गरेँ, मेरै बुद्धि छोटो रैछ ।
Post a Comment