लेखकः भुपेन्द्र महत
नङ्खेल - ६, भक्तपुर
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि
श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चाट्यौ कि
विश्वास जोडछु भन्यौ शंका लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि
कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि
अंगालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि
हाल: कोलोराडो अमेरिका
No comments:
Post a Comment