लेखकः टंक वनम
पहिलो रजस्वला पछि
कौमार्य छरिए जस्तै
उदाङै भएको
शारदीय घाम
धर्तीमा तरुनी बैँस उमारेर
पराग सेचनका पखेटाहरु
अतृप्त इत्छाको
सून्दर सपनाहरुमा
एक जुवा घाम लम्बिन्छ
सिमलको भूवाले टाÂङ्छ
माया र संम्झनाको डोरी
जून घामको लुकामारीमा
खेल्छ बादलको चक्काचुली
हो
मात्तिएर खुबै हाँस्दा
शारदीय घामको सुकुमारी गाला
चुम्न खोज्छ
निलो आकासको नक्कचरो बैँस ।
मनै त हो
पुतली भएर उड्न थाल्छ फाँटहरुमा
पुग्छ पर ……पर ……।
भौतिक शरीर
मनको कोक्रो न हो
चराचर जगतको
निरन्तरता दिँदै
भष्म हुन्छ एक दिन
तर
शारदीय घामको बैँस
उसरी नैं
अग्ली रहन्छ
जसरी कौमार्यको लाज
अग्लि रहेको हुन्छ उकालै उकालो ।
हाल: बेलायत
1 comment:
yo paribesh, yo samaya ma.. harek kura haru kamuk banna ruchauchhan... geet , kavita, gazal kunai aachuto rahenan... kamukata byakta garna lai
Post a Comment