Saturday, October 4, 2008

उपासना

गाउँकी छोरी
स्वर: मान्डबी त्रिपाठी
रचना: सुर्यराज गिरी

गाउँकी छोरी गाउँ मै हुर्कें
तिमी राम्री छौ भन्छन साह्रै फुर्कें
जवानीले छोएछकी लाज लाग्न थाल्यो
किन किन बैशंको मात लग्न थाल्यो
मलाई कानैमा झुम्का ल्याइदेउ है
मलाई पाउमा पाउजु ल्याइदेउ है

जहिले देखी तिमी सँग चोखो माया बसेछ नि
तिमीलाई नै दिन्छु यो जीवन जती दु:ख परे पनि
मेरो सिउंदो रङगाई देउन, अंगालोमा बांधिदेउन
नशालु ति नजरले, यि नजरमा हेरिदेउन
हो, मलाई रेशमी लेहंगा ल्याइदेउ है
मलाई सुनैको चुरा ल्याइदेउ है

मुटुभरी माया सांची मुसुमुसु हाँसिरहने
मोहनी ति फूलहरुलाई पिरतीले गाँसिरहने
अधरको खुशी देउ, नजरको प्रित देउ
बिझाउने काँडा होइन, कोमल त्यो शीत देउ
हो, मलाई सुनको शिरबिन्दी ल्याइदेउ है
मलाई हातैमा चुरा ल्याइदेउ है

तिम्रो चोखो
स्वर: रामकृष्ण ढकाल
रचना: सुर्यराज गिरी


तिम्रो चोखो हृदयमा जाउँ जाउँ लाग्यो मलाई
बास देउन मेरी मायालु
ती गुलाबी अधरमा चुमुचुमु लाग्यो मलाई
अंगालोमा बाँध मायालु

हिमालले सगर चुम्ने लहरले किनार
आशाको फूल फुलिसक्यो यो माया नमार
ति आँखाका झिल भित्र डुबुँडुबुँ लाग्यो मलाई
हेरिदेउन मेरी मायालु
त्यो छातीमा मेरै नाउँ लेखुँलेखुँ लाग्यो मलाई
खुलिदेउन मेरी मायालु

परेवाको जोडी जस्तै कावा खान्छ मन
पुग्छ कैले पाखा पर्वत लेक बेसी बन
सपनाको संसार साकार पार्न मन लाग्यो मलाई
साथ देउन मेरी मेरी मायालु
त्यो सराबी बोली तिम्रो सुनुँसुनुँ लाग्यो मलाई
मात देउन मेरी मायालु

माथि माथि
रचना: बिमल गिरी
स्वर: जगदिश समाल


माथि माथि लेकैमा चौंरी गोठ, बाटोमा मैच्याङ भेटियो
रुपकी रानीलाई देखेर मनको तिर्खा मेटियो
अब त लैजान्छु मैच्याङ तिम्रो आप्पालाई सोधेर

आकाश राम्रो हे नि लै लै पुर्णेको जुनले
मैच्याङ राम्री लैबरी लै लै बत्तिसै गुनले
ल्हासा बाट सुन किनी ल्याउछु, बनाइदिन्छु झुम्के फुली
मेरो माया साचीं राखे सानो हुन्छ हिमाल चुली

लामा सँग हे नि लै लै जुराउँला साइत
जाउँला घर लैबरी लै लै नबस माइत
जोवन तिम्रो भरिन लाग्यो, भरिएर छल्की जाला
होस गर है कोही पापी तिमीसँग पल्की जाला

रिम झिम
रचना: बिमल गिरी
स्वर: पुष्पा पौडेल

रिम झिम पानीमा
नाच्न गाउँन मन लाग्यो
जवानीले छोएछ कि
पिरती गास्न मन लाग्यो

हावा पनि सुस्तरी चलिरहेको छ
कोयलीले को हो भनी गाइरहेको छ
मन यो किन चन्चल भो

मेरो कोमल मनमा बिझ्यो पिरतीको काँडा
जती जती सम्झन्छु म उती मायाँ गाढा
नशा मेरो पिरतीको हो

हो तिमीलाई
स्वर: रामकृष्ण ढकाल
रचना: सुर्यराज गिरी

हो, तिमीलाई म मन पराउँथे, मेरो भावनालाई बुझ्नै सकीनौ
हो, तिमीलाई म मायाँ गर्थे, मेरो चाहनालाई सुन्नै पाइनौ

भाँचियो यो जिन्दगी काम्रो को के भर
तिमी बाहेक यो जुनीमा अरु को नै छर
आकाश बेग्लै धर्ती बेग्लै मेरो बाटो बेग्लो भो
सजियौ डोलिमा तिमी मेरो जीवन एक्लो भो

हो तिम्रो म पूजा गर्थे
मेरो उपासना पत्तै पाइनौ

फूल रोझें काँडा भिझ्यो शीतले जलायो
पीरतीको मान्दिर बिश्वासघातले ढलायो
मन्दिर बेग्लै देउता बेग्लै मेरो बाटो बेग्लो भो
सजियौ डोलिमा तिमी मेरो जीवन एक्लो भो

तिमी रङी बिरङी
स्वर: रामकृष्ण ढकाल
रचना: बिमल गिरी

तिमी रङी बिरङी रङमा फुल्छौ म त सेतै फुलेको छु
हजार चोट दियौ तर मैले सारा भुलेको छु

मेरो पनि बाटो थियो अबिरल बगिरहने
तर एउटा विश्वाश थियो त्यसलाई पनि छेकिदिने
तिमी हिड्छौ आफ्नै गतिमा, म त कुरिरहेको छु
म त सेतै फुलेको छु

अनायासै रोइदिने नजर मेरा बेइमानी छन
कता कता सल्बलाउने अधर मेरा अभागी छन
तिमी भुल्छौ सारा संसारलाई, म त खोजिरहेको छु
म त सेतै फुलेको छु

जहाँ गयो
रचना: बिमल गिरी
स्वर: नरेन्द्र प्यासी

जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु धरधरी ।

जिन्दगीको गोरेटोमा गर्नु पर्ने कति
समयले कोल्टे फेर्यो हुन्न सोचे जति,
मन् बुझाउँदै आफैंलाई राख्छु पारी पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु धरधरी ।

हुन्न रैछ सोचे जस्तो खोजे जस्तो जीवन्
भाग्य दोशी भन्दै रुन्छ एकान्तमा यो मन्
खुशीहरु सबै भागे सबै निरासालाई छाडी
ठगिस् मलाई कर्म भन्दै रुन्छु धरधरी ।

बद्लिसके
स्वर: सपना श्री
रचना: अम्बिका गिरी


बद्लिसके धेरै रितु, बितिसके सारा दिनहरु
तिमी आएनौ, हो तिमी आएनौ

सिरानीलाई भिजाएर रात कट्या छ
सावन को बगर जस्तो आँखा भिज्या छ
मरुभुमी भयो यो ज्यान बाँचु कसोरी
नुनिलो यो आँसु पीइ हाँसु कसोरी

बाचा थियो छिट्टै आउने
चिट्ठी नि पठाएनौ

शायद तिम्लाई कुनै ठुलो दु:ख पर्‍यो कि
परदेशमा कुनै ठुलो चोट पर्‍यो कि
कि भुलिदियौ मलाई निस्ठुरी भएर
बद्लीए झै देख्छु सब चिज हुरी भएर

न भुल्नु मलाई, चोखो माया कही पाउने छैनौ
तिमी आएनौ, हो तिमी आएनौ

No comments: