लेखकः ज्ञानुवाकर पौडेल
गिरेको ऊ आफ्नै नजरमा रहेछ
बदनाम निकै यो सहरमा रहेछ
मेलजोलमा छैन रुचि पटक्कै
चाख धेरैलाई टक्करमा रहेछ
अ"गुर पनि कही" अमिलो हुन्छ -
खोट फ्याउरोकै अधरमा रहेछ
सरस नभए'नि तिम्रो गजल
सुन्नलाई मजा बहरमा रहेछ
हरियो पात बन्धक सधै" रूखको
झरेको पात हेर सफरमा रहेछ
उज्यालोको छैन कही" अत्तोपत्तो
अ"ध्यारो भने घर घरमा रहेछ
छैन योगदान यहा" जसको केही
नाम किन उसैको खबरमा रहेछ
के हुन्थ्यो सहज स्वैच्छिक मरण
मिसावट अचेल जहरमा रहेछ ।
साभार स्रोत: http://www.kantipuronline.com/pNepal/article.php?&aid=97
No comments:
Post a Comment