Tuesday, October 21, 2008

उनी संगको पहिलो र अन्तिम भेट

लेखिका: सुनिता गिरी
हङकङ

सानै उमेर देखि भावनात्मक लयहरुमा गाइएका नयाँ पुराना गितहरुको कर्णप्रिय झन्कारहरुले मलाई भिन्नै किसिमको आनन्द दिलाउथ्यो । त्यसमा पनि नारायण गोपालका मुटु छुने गीतहरुले यो मनमा डेरा जमाई सकेको थियो। उनिसंग प्रत्यक्ष भेट नभए पनि उनका गितहरुमा मानव जीवनका तीतामीठा क्षणहरुको दुखेसो पोखिएको हुनाले नेपाली माया उर्लिएको भान हुन्थ्यो। समयको छाल सगै बृद देखि बालक सम्म उनैका स्वर लहरीहरु आफै आफै जानी नजानी गाइरहेको भेटिन्थ्यो । यिनै रङीचङी अनुभुति संगै मानव जिवनका रामकहानीहरु गाउँदा गाउदै उनकै रामकहानीको अन्तिम घडी आइसकेको रहेछ। उनकै छायाँले उनलाईनै छाडेर जाने आईसकेको रहेछ। उनले गाएका थिए "नलेखेको गित मेरो पाखा भरि गाए जस्तो, नदेखेको माया मेरो आँखा भरि पाए जस्तो भनेर" । उनि लामो समयको बिरामी पछि अथक प्रयास हुदा हुदै पनि र सबैको मायाको डोरीमा बाधिदा बाधिदै पनि दैबको लिला उनको उपचार बिर हस्पीटलको आइ सि यू अन्तिम उपचार गरिदै थियो । यो खबरले सबै शुभचिन्तकहरुलाई मर्माहित बनायो । त्यसमा एउटा घायल म पन्ाि थिएँ। मनमा जति बेला पनि नारायणगोपालका गीतहरु गुन्जिरहन्थ्यो । मैले आफनो मनलाई थाम्न नसकि आइ सि यु मा गएँ ।यसो हेरेँ बाहिर पटी मानिसहरु आँखामा आसुँ लिएर टोलाइरहेका एउटा सानो टेबुलमा आगन्तुक पुस्तिकामा मानिसको अध्यारो अनुहार देखे । एक एक गरेर मात्र भित्र पस्न पाईने रहेछ । मैले आगन्तुक पुस्तिकामा पल्टाएँ र सस्रती लेखेँ खै के के लेखेँ स्वर सम्राटलाई एउटा प्याराग्राफ नै बनेछ । अनि म भित्र पसँे त्यो दिन नै मेरो पहिलो र अन्तिम भेट रहेछ । बेडमा लमतन्न अक्सिजन लगाएर सुतिरहेका नारायणगोपालले बिस्तारै म तर्फ हेरेर फेरि आँखा बन्द गरे । कुनै परिचीत ब्यक्ति संगको भेट जस्तै गरेर…तर उनको सम्झनामा राखिएको आगन्तुक पुस्तिकामा उनको जिवनमा मेरो पहिलो परिचय थियो । मेरो आँखाबाट बलिन्द्रधारा आश्ाु बर्षियो थाम्नै सकिन बाहिर निस्किएँ "एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा"  भन्ने गित गुन्जिरहेझै लाग्थ्यो त्यसबेला । त्यस दिनको भोलिपल्ट उनको प्राण पखेरु उडेर गएछ सदासदाको लागि ।उनको शव माथि फूल अबिर बर्षाएका थिए ।हजारौ नरनारीहरु विह्ल हुदै शव संगै पछि लागेका थिए । उनको शवले उनकै गीत गाइरहेझै लाग्दथ्यो "आजै र राती के देखे सपनी मै मरी गएको" ॥ नारायण गोपालका मुटु चुढाउने गीतहरुले म यति रोएँ लाग्छ एउटै परिवारमा भएको सदस्यको मृत्यु भएछ । त्यस दिन देखि मलाई यस्तो लाग्छ हामी सबै एउटै घरका परिवार हौ । कर्तब्य र ब्यबहारले परिस्थीति र वाताबरणले आफनो आफनो कर्म प्रति विबश भएर जो जहाँ पुगे पनि नेपाली रगतको मायालाई मन मन्दिरमा सजाउँ भन्ने भावना जगाउन आग्रह गर्दछु ।

धन्यबाद