Sunday, October 19, 2008

"विदेश को पिडा"

लेखकः किशन परियार
पल्लिकोट-७ गुल्मि


कति दिन त आमा मैले खान पाको छैन
विस्तारामा उडुस परि सुत्नपाको छैन
कतारको गर्मीमाथी साह्रै गाह्रो काम
न त काम सजिलो छ न त धेरै दाम
दिनमा १५-१६ घण्टा काम गर्नु पर्छ
काम यदि नगरेमा साह्रै गाली गर्छ
दिन रात कराउँछ राम्रो गर भनी
लुरु-लुरु गरिराछु सकिनसकि पनि
पहिला जस्तै ख्याउते छु मोटाएको छैन
बाँचिराछु अहिलेसम्म मरेकोचाँही छैन
भाग्यमै यस्तो रहेछ मेरो दोष दिनु कसलाई
कतारको घाममा जिउँदैछु आमा यो मुटु जलाई
विदेशको रमझम कहाँ छ कुन्नी चालपाएको छैन
काम गरेको ६ मैना भो १ रियाल पाएको छैन
जे भएनि मेरि आमा तिम्लाई भुल्ने छैन
जे भएनि नेपाल आमा तिम्लाई भुल्ने छैन

हाल: दोहा

No comments: