Saturday, October 25, 2008

भाईटीका

लेखिका: सुनिता गिरी
हङकङ


मनमा नमिठो अनुभुतिको हावा चलेको छ 
रुवाइका हिक्काहरुको गाँठो परेकेाबेला
दशैको पीडा सकेर हीजो आज
फेरी यो तिहार भित्रीएको छ
प्रदेशको पीडा भरी दुखी रहेका मनहरु
हरेक तिहारहरुमा सयपत्री र मखमली
मन भित्रै ओइलाईरहन्छ 
सम्झिएर अतितका बिहानीहरुलाई
पुर्व दिशा फर्काएर राखिएको गलैचा माथी
दाजुभाई पलेटी कसेर बसेको
यमराजलाई बाटो छेक्न
दैलोमा ओखर फुटाएको आवाज
कानमा प्रतिध्वनि बनेर गुन्जिरहेको छ
हरीयो गोबर ले लिपेकोको भुइमाथी 
रेखीले कोरीएका बुट्टाहरु 
थ्ालीमा सप्तरङगी टीका
अनी रङगाइएका कलशहरु
किस्तिभरीका किसमिस सगै
सेलरोटी र मिठाईका स्वादहरु
ढकी भरी चुलिएका
सयपत्री र मखमलीका माला हरु
राष्ट्रियता झल्काउने ढाकाका टोपीहरु
आफनोपनको न्यानोमाया झल्काउने गलैको गलबन्दी
खै कसरी बिर्सनु र मैले
पाईला पाईलामा यो तिहार दुखी रहेछ
तै पनि ह्दयबाट आर्शिबादका बर्षाहरु
आरोग्य र दिर्घायूका भेल हरु उर्लिरहेछन
भावनाको पोल्टाबाट चिरन्जिबी दियो बाल्दै
सुस्वास्थ र सफलताको शुभकामना बर्षाउदै
देशबिदेश छरिएका नेपाली दाजुभाइलाई
हार्दिक शुभकामना
यही नै ह्दयको चाहना !!!

No comments: