अतितका क्षणभङुर रसमा चुर्लुम्मै डुबेको यो मन
सम्झदा मन रुन्छ, धर्धरी के गर्नु कमाइ मात्र धन
हरिया फाट र गमक्क पखेरा आकाश चुमी हेर्द्थे
दोसल्ला बनी बादल तीनलाई न्यानो बनाइ घेर्दथे
ल हेर चादीका शरीर भनी छाती फुलाई भन्द्थे
टलक्क परेका वालुवा पहिरा आँफैमा यसरी रम्दथे
फेदिमा कलकल पानी मुहान, कुला र धारा थिय,
सयौ जीवन बाडेका यिनले सबैलाई सन्तुस्टी दिय
काधमा उभियका ती रुखहरु हरिया फाट नियाल्दथे
माइला बाजे नजिकै कन्लामा पसिना पौरख बाड्दथे
अनौठो मित्रता तीन बिच आस्रय आपसको बाड्दथे
भ्याकुर, गुन्दुरगानु र तरुल गहना लहरा सिङार्थे
सम्झदै झलझली मनमा ती द्रिश्य म भित्रै खिच्दैछु
मानौ गोधुली गौडा ढाकेका हरिया बुट्यान सिच्दैछु
परेवा उडेका गगनमा शन्तिका सपना म देख्दैछु
कलमले न सही तर मनमा अतितका कथा लेख्दैछु
लेखक: -गोपालप्रसाद पौडेल
हाल: साल्ट लेक सिटी, युटाहा, अमेरिका
2 comments:
गोपाल जी,
तपाईंको काबिता ले एकदम मेरो मन छोयो
वास्तबिकतालाई छर्लङै उतार्नु भयको रहेछ। बिदेशमा हुनेहरुलाई एकपटक यो कबिताले नेपालको याद दिलाउछ, यसरी नै सिर्जना गर्दै जानुस् मेरो शुभकामना छ ।
International standard poem. I love it, keep it up
Post a Comment